काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ ।
भर्खरै सकिएको बैठकले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको छ ।
कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन सुरू गरेको थियो । पहिलो चरणको चैत १८ गतेसम्म घोषणा गरिएकोमा पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ ।
सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले लकडाउन थपबारे आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने जानकारी दिएका छन् ।
बैठकले कैलाली, कञ्चनपुर र बाग्लुङमा कोरोना भाइरसको र्यापिड टेस्ट गर्ने निर्णय समेत गरेको छ । तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।