नयाँदिल्ली – पाकिस्तानको सिन्ध उच्च अदालतले बिहीवार अमेरिकी पत्रकार डेनियल पर्लको हत्याका मुख्य आरोपी अहमद उमर सईद शेखको सजाय घटाएको छ ।
यसअघि शेखलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो ।
तर अब यो सजाय घटाइएको छ र शेखलाई ७ बर्षको काराबासको सजाय दिइएको छ । बाँकी ३ आरोपीलाई भने मुक्त गरिएको छ ।
तीनै जनालाई पहिले आजीवन कारावासको सजाय सुनाइएको थियो । यी ३ जनाको नाम फहाद नसीम, सलमान साकीब र आदिल हुन् ।
यता शेखका वकिलले भने कि शेख विगत १८ वर्षदेखि जेलमा छ, त्यसैले ७ बर्षको सजाय पूरा भइसक्यो । यसकारण उनको रिहाइको आदेश केही समयमै आउनसक्छ र उनी पनि केही दिनमै रिहा हुनेछन् ।
पर्लको हत्या पछि शेखले पाकिस्तानी सेनाका अधिकारी ब्रिगेडियर एजाज शाहसमक्ष आत्मसमर्पण गरेका थिए ।
शाह हाल पाकिस्तान सरकारमा गृहमन्त्री छन् । शेख मन्त्री भएपछि यसप्रकारको फैसला आएको हुनसक्ने अनुमान लगाइँदैछ ।
भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डका सदस्य तिलक देवेश्वरले बताए कि उमर शेख पक्राउ हुनु अघि ब्रिगेडियर एजाज शाहलाई आत्मसमर्पण गरेका थिए । त्यसकारण शाहले हाल आफु गृहमन्त्री भएको बेला उनको रिहाइको वातावरण बनेको छ ।
यसअघि पीपीपी अध्यक्ष बिलावल भुट्टो जरदारीले इमरान खानमाथि डेनियल पर्लको हत्यारालाई गृहमन्त्री बनाएको आरोप लगाएका थिए ।
शाहलाई गृहमन्त्री बनाउँदा बिलावलले इमरान खानलाई भनेका थिए, ‘तपाईंले अन्तर्राष्ट्रिय समुदायलाई नराम्रो सन्देश दिँदै हुनुहुन्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।