काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहित आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–१ स्थित घोर्थली प्राथमिक स्वास्थ्य चौकी, त्रिपुरासुन्दरी गाउँपालिका–१ घोर्थली स्वास्थ्य चौकी र बाह्रबिसे नगरपालिकाको बुदेपा स्वास्थ्य चौकीमा पीपीईसहित पूर्वमन्त्री बस्नेतले मेडिकल सामग्री सहयोग गरेका छन् ।
चीनबाट फैलिएको कोरोना भाइरस कोभिड १९ ले बिश्वमा महामारी रुप लिएपछि सरकारले गरेको लकडाउन र स्वास्थ्य सामग्री अभाव देखिएपछि नेता बस्नेतले मेडिकल सामग्री गाउँपालिका तथा नगरपालिकाका स्वास्थ्य केन्द्रमा उपलब्ध गराएका छन् ।
कोरोनाका संक्रमित नेपालमा पनि देखिएको र स्वास्थ्य उपचारका लागि आवश्यक मेडिकल सामग्री स्वास्थ्यकर्मी तथा स्थानीयको लागि पारा सिटामोल डिकोल्ड समेत सहयोग गरिएको छ ।
सिन्धुपाल्चोकका अधिकांश स्वास्थ्य संस्था तथा अस्पतालमा माक्स, स्यानिटाइजर, एप्रोन, गाउन, डिस्पोजल क्याप जस्ता सामानको अभाव देखिएपछि बस्नेतले स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै सहयोग गर्दै आएको बताए ।
‘नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या बढ्दै गएको छ तर सरकार र नेकपामा नेताहरू जिम्मेवार देखिएका छैनन्, हामीले गरेको सहयोग समेत रोक्न खोजिरहेका छन्,’ नेता बस्नेतले भने, ‘कोरोना भाइरस फैलियो भनेर सरकारले अस्पताल तथा स्वास्थ्य संस्थामा मास्क र स्यानिटाइजरसम्म पनि पुर्याउन सक्ने अवस्था छैन । त्यसैले हामीले सहयोग गरिरहेका छौं ।’
कांग्रेस नेता बस्नेतले पीपीई लगायत स्वास्थ्य सामग्री सहयोग गरेपछि जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी हर्षित भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।