आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना महामारी तीब्र : एकैदिन झण्डै ५ हजारको मृत्यु, संक्रमित ९ लाख बढी

कोरोना महामारी तीब्र : एकैदिन झण्डै ५ हजारको मृत्यु, संक्रमित ९ लाख बढी

  • बिहिवार, चैत्र २० २०७६

  • 4.1K
    SHARES

  • काठमाडौं – विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमण अमेरिकामा तीब्ररुपमा फैलिएको छ । अमेरिकामा पछिल्लो १ दिनमा १ हजार ४९ जनाको मृत्यु भएको छ भने २६ हजार ४ सय ७३ नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा हालसम्म ५ हजार १ सय २ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २ लाख १५ हजार पुगेको छ । अमेरिकापछि इटलीमा संक्रमितको संख्या बढी रहेको छ । त्यहाँ १ लाख १० हजार संक्रमित रहेका छन् भने मृतकको संख्या १३ हजार १ सय ५५ पुगेको छ । पछिल्लो १ दिनमा इटलीमा ७ सय २७ जनाको मृत्यु भएको छ भने ४ हजार ७ सय ८२ नयाँ संक्रमित फेला परेका छन् । स्पेनमा समेत संक्रमितको संख्या १ लाख नाघेको छ । स्पेनमा १ लाख ४ हजार १ सय १८ जना संक्रमित देखिएकोमा हालसम्म ९ हजार ३ सय ८७ जनाको मृत्यु भइसकेको छ । पछिल्लो १ दिनमा स्पेनमा ९ सय २३ जनाको मृत्यु भएको छ भने ८ हजार १ सय ९५ नयाँ संक्रमित फेला परेका छन् । कोरोना भाइरस पहिलो पटक देखिएको चीनमा भने संक्रमण बढ्ने क्रम रोकिएको छ । चीनमा हालसम्म ३ हजार ३ सय १२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ८१ हजार ५ सय ५४ जनामा सीमित रहेको छ । जर्मनी, फ्रान्स, इरान, बेलायतमा समेत भाइरसको महामारीको रुप लिएको छ । संसारभर कोरोना संक्रमितको संख्या ९ लाख ३५ हजार १ सय ८९ पुगेको छ भने ४७ हजार १ सय ९२ जनाको मृत्यु भइसकेको छ । पछिल्लो १ दिनको विवरण अनुसार ७६ हजार ८ सय ३४ नयाँ संक्रमित भेटिएका छन् भने ४ हजार ८ सय ८३ जनाको मृत्यु भएको छ । मृतक र संक्रमितको संख्या दिनदिनै बढ्दै गइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र २० २०७६०१:५१:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend