आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रतिपक्षी भूमिकामा उत्रिए शेरबहादुर देउवा, ओली सरकारलाई दमदार सुझाव !

प्रतिपक्षी भूमिकामा उत्रिए शेरबहादुर देउवा, ओली सरकारलाई दमदार सुझाव !

  • मंगलवार, चैत्र १८ २०७६

  • 4.8K
    SHARES

  • काठमाडौं – प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत लगायतका विभिन्न देशमा अलपत्र रहेका नेपाली नागरिकको उद्धारमा जुट्न कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग आग्रह गरेका छन् । सभापति देउवाले मंगलवार अपिल जारी गर्दै नेपालमा रहेका आफ्ना नागरिक कैयौं देशले चार्टर विमानमा उद्धार गरेर स्वदेश लगिरहेको उल्लेख गर्दै नेपाल सरकारलाई पनि विदेशमा रहेका नेपालीको उद्धारमा जुट्न आग्रह गरेका हुन् । ‘विभिन्न देशबाट आफ्नो देश फर्कन चाहनेको हकमा तथा अध्ययन, श्रम र तीर्थयात्रा क्रममा भारतको विभिन्न राज्यमा अड्किएका नेपालीको उद्धार गर्न सरकारले जरुरी कूटनीतिक पहल गर्न अत्यावश्यक छ,’ सभापति देउवाले भने, ‘उद्धार पूर्वको अवस्थामा आवश्यक गाँसबाँसको व्यवस्थापनका लागि दूतावासमार्फत स्थानीय रूपमा पहल गर्न पनि सरकारलाई आग्रह गर्दछु ।’ सभापति देउवाले दार्चुलाको महाकाली पारी नेपाल प्रवेश गर्न चाहने ठूलो संख्यामा रहेका नेपालीको व्यवस्थापन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । ‘भारतको विभिन्न ठाउँमा रहेका नेपाली महाकाली पारी सयौंको संख्यामा आइपुगेर दार्चुला प्रवेश गर्न चाहँदा उत्पन्न जटिलताको व्यावहारिक हल खोज्न म सरकारलाई अनुरोध गर्दछु,’ उनले भने, ‘कडाइका साथ प्रवेश, परीक्षण र क्वारेन्टाइन सुनिश्चित गर्न वा अन्य वैकल्पिक प्रक्रियाले तत्काल समस्या समाधान गर्न म ध्यानाकर्षण गराउँदछु ।’ देउवाले लकडाउन लम्ब्याउनुपर्ने स्थितिले विभिन्न ठाउँमा फंस्न पुगेका नेपाली समस्यामा परेकाले उनीहरूलाई वैकल्पिक व्यवस्था गरेर समस्या समाधान गर्न पनि भनेका छन् । कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री देउवाले विश्वव्यापी फैलिएको कोरोना भाइरससँग जुध्न सरकारले निर्धारण गरेका रणनीतिलाई सबैले आत्मसाथ गर्न जरुरी रहेको बताएका छन् । ‘यो हामी सबैको साझा संघर्ष हो, अतः सरकारमा सँगै नरहेर पनि यस्तो अभियानमा सँगै लड्न सकिन्छ भन्ने भावनामा हामी दृढ ढंगले प्रतिबद्ध छौं,’ देउवाले भने । लकडाउनलाई इमान्दारीसाथ पालना गर्न र गराउन आग्रह गर्दै देउवाले सरकार र समुदायको ऐक्यवद्ध अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छन् । उनले हालसम्मको कार्य प्रगति र कमजोरीको वस्तुगत समीक्षा गरेर सरकारलाई प्रभावकारी रूपमा गति बढाउन आग्रह गरेका छन् । पीपीई लगायत अत्यावश्यक स्वास्थ्य सामग्री अझै धेरै ठाउँमा नपुगेको भन्दै उनले सबै क्षेत्रमा पर्याप्त सामग्री पुर्‍याउन सरकारको ध्यानाकर्षण गराए । उनले स्वास्थकर्मीको उच्च मानवीय भावना र समर्पणले यो भाइरसलाई परास्त गर्न सकिने उल्लेख गर्दै भनेका छन्, ‘अतः नेपालभरका स्वास्थकर्मीहरूप्रति हामी सबै नेपालीको गहिरो भावनात्मक स्नेहको साथ रहेकोे स्मरण गराउँछु ।’ उनले सरकारले ल्याएको आर्थिक प्याकेज पर्याप्त नभएकाले व्यवस्थित प्याकेज घोषणा गर्न माग गरेका छन् । ‘रोजगार कार्यक्रमका नाममा अघिल्लो वर्ष अनुत्पादक ढंगले अर्बाै रुपैयाँ व्यय भएको थियो । लकडाउनको यो समयमा कष्ट भोगिरहेका बेरोजगार एवं अध्ययनका लागि शहरी क्षेत्रमा डेरा बसेका विद्यार्थीलाई फरक राहतको कार्यक्रम ल्याउनु सरकारको दायित्व हो,’ अपिलमा भनिएको छ । देउवाले राज्यको चौथो अंग तथा त्यसमा कार्यरत श्रमजीवी पत्रकारको हकमा अलग्गै राहत योजनाको निर्माण गर्न पनि आग्रह गरे । उनले ज्यालादारी श्रमिकलाई राहत चाँडो पुर्‍याउन फास्ट ट्रयाकको विधि निर्माण र कार्यान्वयन गर्न तीनै तहका सरकारलाई आग्रह गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र १८ २०७६०३:५१:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend