मंगलवार, चैत्र १८ २०७६
काठमाडौं– कोरोना रोकथाम र उपचारमा प्रयोग हुने चिनियाँ उपकरणहरु यूरोपियन मुलुकबाट धमाधम अस्वीकार हुन थालेका छन् ।
बीबीसीका अनुसार स्पेन, टर्की र नेदरल्याण्डका अधिकारीहरुका अनुसार हजारौं परीक्षण किटहरू र मेडिकल मास्क त्रुटिपूर्ण छन्।
युरोपमा कोरोनाभाइरसका हजारौं बिरामीहरु बढिरहेको रिपोर्ट आएका छन्। प्रकोप सुरु भएदेखि इटालीमा मात्रै १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।
चीनमा २०१९ को अन्तिमतिर देखिएको भाइरसले अहिले इटाली, स्पेनलगायतका देशहरुलाई नराम्ररी सताएको छ ।
शनिबार नेदरल्याण्डस्का स्वास्थ्य मन्त्रीले चीनबाट आयात गरिएका ६ लाख थान मास्क गुणस्तरहीन भएको भन्दै फिर्ता पठाएका छन् । स्पेन र टर्कीबाट पनि हजारौं परीक्षण किटहरू र मेडिकल मास्क त्रुटिपूर्ण रहेको भन्दै फिर्ता पठाएका छन् । अझ चीनस्थित स्पेनिस दूतावासले त्यहाँबाट निर्यात गरिएका सामान बनाउने उद्योगहरु दर्तासमेत नभएको उल्लेख गरेको छ । एजेन्सीको सहयोगमा
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।