आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना महामारी : एकैदिन एकैदेशमा ८३८ जनाको मृत्यु, १८ हजार नयाँ संक्रमित

कोरोना महामारी : एकैदिन एकैदेशमा ८३८ जनाको मृत्यु, १८ हजार नयाँ संक्रमित

  • सोमवार, चैत्र १७ २०७६

  • 4.5K
    SHARES

  • काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी बढ्दै गइरहेको छ । कोरोना धेरै फैलिएको स्पेनमा एकैदिन आईतवार ८३८ जनाको मृत्यु भएको छ । ३० जनवरीमा पहिलो संक्रमण पुष्टि भएपछि स्पेनमा एकैदिन आईतबार सबैभन्दा बढी मृत्यु भएको छ । सोमवार बिहानसम्म स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८०० नाघेको छ । पछिल्लो २४ घण्टामा स्पेनमा थप ६ हजार ८७५ जनामा नयाँ कोरोना संक्रमण देखिएको छ । स्पेनमा हालसम्म करीब १४ हजार संक्रमित निको भएका छन् । शनिवारको तुलनामा केही कम भएपनि इटालीमा पनि आईतवार ७५६ जनाको मृत्यु भएको छ । शनिवार भने इटालीमा ९१९ जनाको मृत्यु भएको थियो । इटालीमा आईतवार थप ५ हजार २१७ जनामा संक्रमण देखिएको छ । सोमवार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या १० हजार ७ सय ७९ पुगेको छ । इटालीमा संक्रमितको संख्या ९७ हजार ६ सय ८९ पुग्दा निको हुनेको संख्या करीब १३ हजार रहेको छ । इटालीको सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र लोम्बार्डीमा आईतबार भने मृतक र संक्रमितको संख्या केही घटेको अधिकारीले जनाएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा २६४ जनाको मृत्यु भएको छ भने थप १८ हजारभन्दा बढीमा नयाँ संक्रमण देखिएको छ । सोमवार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुुनेको संख्या २ हजार ४८४ पुगेको छ । संक्रमितको संख्या १ लाख ४२ हजार रहेको छ । अमेकिारमा करीब ४ हजार ५०० जना निको भएका छन् । आईतवार कोरोना संक्रमणबाट फ्रान्समा २९२, इरानमा १२३, जर्मनीमा १०८, बेलायतमा २०९, बेल्जियममा ७८ र स्वीजरल्यान्डमा ३६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वका विभिन्न देशमा गरी ३ हजार १०४ जनाको मृत्यु भएको छ भने थप करीब ३४ हजारमा संक्रमण देखिएको छ । गत डिसेम्बरमा चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसको संक्रमणबाट सोमवार बिहानसम्म करीब ३४ हजारको मृत्यु भइसकेको छ भने ७ लाख २१ हजारभन्दा बढी संक्रमित भएका छन् । निको हुनेको संख्या करीब १ लाख ५१ हजार रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र १७ २०७६०३:३५:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend