काठमाडौं – विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमण रोकथामका लागि भएका प्रयाससँगै उत्पन्न आर्थिक संकटका कारण जर्मनीका एक जना मन्त्रीले आत्महत्या गरेका छन् ।
जर्मनीको हेसे राज्यका अर्थमन्त्री थोमस स्याफरले शनिवार आत्महत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोना महामारीबाट उत्पन्न अवस्थाप्रति उनी केही दिनदेखि नै चिन्तित रहेका थिए । कोरोनाबाट जर्मनी समेत अति प्रभावित रहेको छ । अर्थमन्त्री थोमसको शव रेलको लिकमा फेला परेको थियो ।
मन्त्री थोमसले रेलको लिकमै गएर आत्महत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सरकारी अधिकारीहरूका अनुसार मन्त्री थोमसले ‘सुसाइट नोट’ समेत लेखेका थिए ।
विगत १० वर्षदेखि अर्थमन्त्रीको भूमिका रहेका उनी जर्मन चान्सलर एन्जेला मर्केलको पार्टीमा आवद्ध रहेका थिए ।
कोरोना भाइरसका कारण जर्मनीमा ५८ हजार २४७ संक्रमित हुनुका साथै ५५५ जनाको मृत्यु भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।