आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सरकारका कामप्रति खतिवडाको असन्तुष्टि, प्रश्न सोधे – खै राहतका कार्यक्रम ?

सरकारका कामप्रति खतिवडाको असन्तुष्टि, प्रश्न सोधे – खै राहतका कार्यक्रम ?

  • शुक्रवार, चैत्र १४ २०७६

  • 5.0K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवं पूर्व सांसद रामहरि खतिवडाले कोरोना भाइरसको संक्रमणविरुद्ध सरकारले गरिरहेको कामहरूप्रति असन्तुष्टि जनाएका छन् । शुक्रवार ट्विट गर्दै खतिवडाले सरकारले कोरोना रोकथामका लागि गरेका उपायहरू कछुवाको गतिमा सञ्चालन गरेको भन्दै आक्रोश पोखेका हुन् । उनले यसरी नै काम गर्दै जाने हो भने देशको अवस्था भयावह हुने चेतावनी दिएका छन् । कोरोना भाइरसको संक्रमण रोक्ने कार्यमा सिंगो देशले सरकारलाई साथ दिएको भन्दै खतिवडाले भने, ‘सरकारले बिहान–बेलुका काम गरेर खाने अति निम्न वर्गका जनताका विषयमा सोच्न सकेको छैन । उनीहरूका विषयमा छिटोभन्दा छिटो ध्यान दिइयोस् ।’ ‘हामी सरकारलाई सबै प्रकारको सहयोग गर्न तयार छौं,’ खतिवडाले ट्विटमा भनेका छन्, ‘तर सरकार कछुवाको गतिमा पनि अघि जान सकेन ।’ ‘जनता त्रासमा छन्, बिहान कमाएर बेलुकी खाने देशका जनतालाई खै राहतका कार्यक्रम ?’ उनले प्रश्न गर्दै भनेका छन्, ‘मन्त्रीहरूलाई ६ वर्ष पुग्ने सामानको जोहो होला ! तर सबैको त्यो अवस्थामा जीवन छैन है । भोलि ढिला होला आजै गरौं ।’ सरकारले लकडाउन गरेका बेला अति निम्न वर्गका जनताको लागि राहतका कार्यक्रम ल्याउनुपर्ने माग उठिरहेका बेला कांग्रेसका नेता खतिवडा सरकारलाई तीव्रगतिमा काम गर्न सुझाव दिएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र १४ २०७६०४:२०:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend