आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनाको बेला काबुल आक्रमण जघन्य र कायरतापुर्ण : संयुक्त राष्ट्रसंघ

कोरोनाको बेला काबुल आक्रमण जघन्य र कायरतापुर्ण : संयुक्त राष्ट्रसंघ

  • शुक्रवार, चैत्र १४ २०७६

  • 5.8K
    SHARES

  • संयुक्त राष्ट्रसंघद्धारा एक प्रेस विज्ञप्ति जारी गरी सुरक्षा परिषदका सदस्यहरूले कम्तीमा २५ जनाको ज्यान जाने गरी र थुप्रैलाई घाइते बनाएको काबुल आक्रमणलाई जघन्य र कायरतापुर्ण आतंकवादी हमला संज्ञा दिँदै कडा शब्दमा निन्दा गरेको जनाएको छ । बुधबार २३ मार्चमा आइसिसले अफगानिस्तानको काबुलको शीख धर्मशालामा हमला गरेको छ । यस हमलाका चौतर्फी निन्दा गरिएको छ । खासगरी पुरा विश्व कोरोनाको संकटबाट जुझिरहेको अवस्थामा आइसिसले गरेको उक्त हमललाई धेरैले अमानवीय र कायरतापुर्ण बताएको छ । सुरक्षा परिषद्का सदस्यहरूले पीडित परिवार र अफगानिस्तान सरकारप्रति गहिरो सहानुभूति र संवेदना व्यक्त गरेका छन् र घाइते भएकाहरूलाई छिटो र पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् । सुरक्षा परिषद्का सदस्यहरूले आतंकवादका सबै रूपहरू र अभिव्यक्तिहरू अन्तर्रा्ष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा गम्भीर खतरा रहेको दोहो¥याएको छ । सुरक्षा परिषद्का सदस्यहरूले काबुल आक्रमणको दोषीहरु, आयोजकहरू, फाइनान्सरहरू र प्रायोजकहरूलाई न्यायको कटघेरामा ल्याउनुपर्ने आवश्यकतालाई जोड दिएका छन् भने अन्तर्रा्ष्ट्रिय कानून र सुरक्षा परिषद्को अगानिस्तान सम्वन्धित पारित प्रस्तावहरुअनुरुप अफगानिस्तान सरकार र सबै अन्य सम्बन्धित पक्षहरुलाई सक्रिय सहयोग गर्न सबै सदस्य राष्ट्रहरूलाई आग्रह पनि गरेका छन् । सुरक्षा परिषद्का सदस्यहरूले दोहोर्याएका छन् कि कुनै पनि आतंकवादी कार्यहरू आपराधिक र अव्यावहारिक हुन्छन् । उनीहरूले संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्रािष्ट्रय मानव अधिकार कानून, अन्तर्रािष्ट्रय शरणार्थी कानून र अन्तर्रा्ष्ट्रिय मानवीय कानून लगायतका अन्तर्रा्ष्ट्रिय कानून अन्तर्गत अन्य दायित्वहरुका अनुसार अन्तर्रा्ष्ट्रिय शान्ति र सुरक्षाका लागि खतराहरु सबै राज्यले सबै तरिकाले लडाई लड्नु पर्ने आवश्यकतालाई जोड दिएका छन् । एजेन्सी

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र १४ २०७६०२:३३:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend