आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

लकडाउन भएपछि अलपत्र परेका मजदुरहरुलाई कांग्रेसले गर्यो खाद्यान्न निःशुल्क वितरण

लकडाउन भएपछि अलपत्र परेका मजदुरहरुलाई कांग्रेसले गर्यो खाद्यान्न निःशुल्क वितरण

  • शुक्रवार, चैत्र १४ २०७६

  • 7.7K
    SHARES

  • काठमाडौँ- लकडाउन भएपछि अलपत्र परेका मजदुरहरुलाई नेपाली कांग्रेस क्षेत्रीय समिति सिन्धुपाल्चोकले शुक्रबार बाह्रविसे चामल, साबुन, दाल, नुन, तेल, साबुनलगायतका सामग्रीहरु निःशुल्क वितरण गरेको हो । अरनिको राजमार्गको बाह्रविसेदेखि भोटेकोशी गाउँपालिकाको खाकदलसम्म कार्यरत ५३ मजदुरहरुलाई खाद्यन लगायत दैनिक आवश्यक सामग्रीहरु प्रदान गरिएको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्वसूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले अलपत्र मजदुरहरुलाई अलपत्र परेको स्थानमा नै गएर खाद्यन लगायत अन्य सामग्री वितरण गरेका थिए । अलपत्र परेका सडक मजदुरहरुलाई प्रति व्यक्ति १५ किलो चामल,एक किलो दाल,नुन,साबुन,मास्क लगायतका सामग्री वितरण गरिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जानकारी दिए । क्षमादेवी ग्रुप र कांग्रेस क्षेत्रीय समितिले खाद्यन लगायत अन्य सामग्री संकलन गरेर अलपत्र मजदुरहरुलाई सहयोग गरिएको क्षेमादेवी ग्रुपका राजकुमार बस्नेतले जानकारी दिए । सडकमा काम गर्ने मजदुरहरुलाई खाद्यन लगायत अन्य सामग्रीहरु वितरण गरिएपनि भुकम्पमा घरबार गुमाएका ८२ वर्षीया तुलसी श्रेष्ठलाई भने जस्तापाता लगायत घर निर्माणका लागि अन्य सामग्रीहरु समेत प्रदान गरिएको कांग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले जानकारी दिए । दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुरहरुलाई यस्तो अवस्थामा विेशष राहात प्याकेज घोषणा गर्ने कांग्रेसले यस अघि नै सरकारलाई आग्रह गरेपनि आफ्नो क्षेत्रमा सयौ मजदुरहरु अलपत्र परेपछि सहयोग गरिएको कांग्रेस केन्द्रीय सदस्य बस्नेतले बताए । कांग्रेसले यसरी अलपत्र परेका मजदुरहरुलाई जिल्लाभर सहयोग गर्ने बस्नेतले बताए । आफ्ना सबै कार्यकर्ताहरुलाई जिल्लामा विपत्तमा परेका यस्ता मजदुरहरुलाई सहयोग गर्न समेत आफुले निर्देशन दिएको बस्नेतले बताए । केही दिन अघि मात्रै बस्नेतको पहलमा स्वास्थ्य चौकीहरुमा पुगेर कोरोना भाइरस परीक्षणमा स्वास्थ्यकर्मीले उपयोग गर्ने सामग्री हस्तान्तरण गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र १४ २०७६११:०३:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend