आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

'निकम्मा' स्वास्थ्यमन्त्री ढकाललाई आजै हटाउन पूर्वसचिव उपाध्यायको ओलीसंग माग

'निकम्मा' स्वास्थ्यमन्त्री ढकाललाई आजै हटाउन पूर्वसचिव उपाध्यायको ओलीसंग माग

  • शुक्रवार, चैत्र १४ २०७६

  • 11.0K
    SHARES

  • काठमाडौं - नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले कोरोना भाइरसको संक्रमणविरुद्ध काम गर्न नसकेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र सचिव यादवप्रसाद कोइरालालाई हटाउन माग गरेका छन् । उपाध्यायले ट्वीट गर्दै स्वास्थ्य मन्त्री र सचिवले कोरोना भाइरसको संक्रमणविरुद्ध उचित काम गर्न नसकेको आरोप लगाएका हुन् । ‘प्रधानमन्त्री खड्गप्रसाद ओलीसमक्ष जनताको तर्फबाट यो अर्जेन्ट अनुरोध खबर गरिदिनुपर्यो’, ट्वीटमा उपाध्यायले भनेका छन्, ‘निकम्मा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आजै हटाएर कुनै चिकित्साविज्ञलाई आजैदेखि स्वास्थ्यमन्त्री नियुक्ति गरिहालुन् ।’ उनले भनेका छन्, ‘कुनै स्वास्थ्यकर्मी कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मा दिइहालुन् ।’ मन्त्री र सचिवले जिम्मेवारी अनुसारको काम गर्न नसकेको भन्दै उपाध्यायले उनीहरूलाई हटाएर विज्ञहरूलाई नियुक्त गर्न माग गरेका हुन् । मन्त्री र सचिवले स्वास्थ्यकर्मीहरूलाई आवश्यक पर्ने सुरक्षाका सामग्री, औषधि, परीक्षण गर्ने किट आदि व्यवस्था गर्न नसकेको भनेर आलोचना हुँदै आएको छ । जिल्लाहरूबाट समेत कोरोना भाइरसको संक्रमणको परीक्षण काठमाडौं ल्याउनेपर्ने लगायतका व्यवस्था अहिलेसम्म कायम राखेको भन्दै स्वास्थ्यमन्त्री र सचिवको आलोचना भइरहेको छ । उनीहरूले कोरोनाविरुद्ध आवश्यक पर्ने सामग्री र बन्दोबस्तीको कार्य नगरेको पनि आरोप लाग्न थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र १४ २०७६१०:१३:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend