आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

उपभोक्ता बनेर पुगेका तरुण उपाध्यक्षले गरे गज्जबको कार्य

उपभोक्ता बनेर पुगेका तरुण उपाध्यक्षले गरे गज्जबको कार्य

  • शुक्रवार, चैत्र १४ २०७६

  • 5.5K
    SHARES

  • काठमाडौं - नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले सामाजिक दुरी कायम गरी दैनिक उपभोग्य सामग्री खरिद गर्नुपर्ने बताएका छन् । काठमाडौंस्थित अनामनगरको बैद्यखानामा रहेको नेपाल ग्यासको डिपोमा शुक्रबार उपभोक्ताको रुपमा पुगेका चापागाइँले अस्तव्यस्त अवस्था देखेपछि सबैलाई लाइनमा बस्न लगाएका हुन् । सो कार्यमा चापागाइँलाई प्रहरी, उपभोक्ता र स्थानीयले सहयोग गरेका थिए । त्यस क्रममा चापागाइँले दैनिक उपभोग्य सामग्री खरिद गर्दा कम्तीमा एक मिटरका दुरी बनाउनुपर्ने भनेर सम्झाएका थिए । कोरोना भाइरसको संक्रमणको डर रहेको भन्दै चापागाइँले उपभोग्य सामग्री खरिद गर्दा उपभोक्ता स्वयंले पनि समेचतना अपनाउनुपर्ने बताए । उपाध्यक्ष चापागाइँकै नेतृत्वमा ग्यास लिन आएका सर्वसाधारणहरूलाई व्यवस्थित रुपमा लाइनमा राखिएको थियो । एकअर्का वीच दुरी बनाएर ग्यासको लाइन व्यवस्थित बनाइएको थियो । उपाध्यक्ष चापागाइँले आफ्नो गाउँ, टोल, छिमेकमा हुने यस्ता खालका भिडभाडलाई व्यवस्थित बनाउन सबैले पहल गर्नुपर्ने बताए । उनले देशभरिका तरुणहरूलाई पनि कोरोना र स्वास्थ्यका विषयमा सचेतना अपनाउन आग्रह गरेका छन् । ‘कतै यस्तै खालको अव्यवस्थित कुरा देखियो भने हामीले सर्वसाधारणलाई त्यसको बेफाइदा बारेमा सम्झाउनुपर्छ’, चापागाइँले भने, ‘हाम्रो सानो सहयोगले धेरैलाई सचेत बन्न सहयोग मिल्छ । देशभरिका तरुणले पनि राजनीतिकभन्दा पनि सामाजिक र व्यक्तिगत रुपमा यस्ता कार्य गर्नुपर्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र १४ २०७६०९:०१:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend