आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विदेशबाट कोरोना भित्रिन नदिन चीनले गर्‍यो कडा घोषणा, सबै सीमानाका बन्द

विदेशबाट कोरोना भित्रिन नदिन चीनले गर्‍यो कडा घोषणा, सबै सीमानाका बन्द

  • शुक्रवार, चैत्र १४ २०७६

  • 3.8K
    SHARES

  • काठमाडौं – कोरोना भाइरसको संक्रमण पहिलो पटक देखिएको चीनमा महामारी अन्त्यतिर गइसकेको छ । चीनमा कोरोनाको महामारी अन्त्यतिर पुगेको भएपनि युरोप र अमेरिकन देशमा कोरोना महामारी बढ्दै गइरहेको छ । अन्यत्र देशबाट चीनमा कोरोना भित्रिनसक्ने खतरालाई मध्यनजर गर्दै चीन सरकारले भोलि शनिवारदेखि सबै सीमानाका बन्द गर्ने घोषणा गरेको छ । चीनले विदेशी नागरिकलाई प्रवेशको अस्थायी रोक समेत लगाएको छ । चीन सरकारले बिहीवार साँझ सीमा बन्द र विदेशीलाई अस्थायी रुपमा प्रवेश रोकेको चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले भिसा तत्काल जारी नगर्ने र जारी गरेकाहरूलाई पनि अर्को सूचना जारी नभएसम्मका लागि प्रवेश नदिने जनाएको छ । तीन महिनाअघि कतिपय देशले चीनमा कोरोना भाइरस देखिएपछि चीनबाट आउने विमानलाई रोक लगाएका थिए । अहिले चीनले कोरोना भाइरस विरुद्धको संघर्षमा धेरै सफलता हासिल गर्दा अन्य देशमा संक्रमण बढेको छ । अन्यत्र संक्रमण बढेपछि चीनले विदेशीलाई अस्थायी रुपमा रोक लगाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र १४ २०७६०२:०७:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend