काठमाडौं– नेपाल तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाइँले कोरोना भाइरसका बारेमा भ्रम नफैलाउन आग्रह गरेका छन्।
उनले कोरोनाका बारेमा सामाजिक सञ्जालमा अनावश्यक भ्रम फैलाउन काम भइरहेको भन्दै त्यसलाई त्यसो नगर्न अपील गरेका हुन्।
सिङ्गो देश एकजुट भएर कोरोना भाइरस संक्रमणको सामना गर्ने बेला सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने उनको भनाइ छ।
‘कोरोना भाइरस संक्रमणको महामारीको समयमा हल्ला भ्रम आतंक फैलने खालका कुनै पनि गतिविधि नगरौँ’, उनले भने, ‘यस्ता गतिविधिमा रोक्नुपर्छ । भ्रम फैलाउने होइन । सकारात्मक कुराहरू मात्रै राखौँ ।’
नेपाल–भारत सिमानामा कडा चेकजाँच गर्न माग गर्दै उनले कर्मकाण्डीय कार्य नगर्न सुझाव दिएका छन् । उनले स्वस्थ्यकर्मीहरूलाई विशेष स्वास्थ्य उपकरण उपलब्ध गराई आगन्तुकको जाँच पश्चात मात्र प्रवेश अनुमति दिनुपर्ने बताएका छन् ।
सरकारले लिएको कदमको प्रशंसा गर्दै उपाध्यक्ष चापागाइँले जनतालाई पनि साथ दिन आग्रह गरे । ‘सरकारले गरेका प्रतिबद्धताहरु ब्यबाहारमा लागु गर्नु पर्दछ। आवश्यकता हेरेर खाद्यन्य निःशुल्क वितरण गर्नुपर्छ,’ उनले भने।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।