आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

‘तोरीको तेल लाएर कपाल कालो भो’का जोडीले फेरि ल्याए 'पुतली'

‘तोरीको तेल लाएर कपाल कालो भो’का जोडीले फेरि ल्याए 'पुतली'

  • शनिवार, चैत्र ८ २०७६

  • 9.9K
    SHARES

  • काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा आएका मोडल तथा निर्देशक सुनिल क्षेत्रिको अभिनयमा आएको ‘पुतली’ नामक गीतले अहिले बजारमा चर्चा बटुल्न सफल भएको छ । गायक भुपु पाण्डे र गायिका मेलिना राईको स्वरमा रहेको लोक आधुनिक गीत बजारमा भाइरल भएको छ । बुधबार यूट्युबमार्फत सार्वजनिक गरिएको ‘पुतली’लाई संगीत पाण्डेले नै दिएका छन् । शब्द भने राजेश अर्यालले लेखेका हुन् । ‘विगतका भिडियोभन्दा अलिक फरक भिडियो बनाएका छौँ’, निर्देशक तथा मोडल क्षेत्रिले भने, ‘दर्शक स्रोतालाई केही फरक शैलीको भिडियो दिन खोजेका छौँ ।’ म्युजिक भिडियोको निर्देशन सुनिल क्षेत्रीले नै गरेका हुन् । ‘पुतली’को म्युजिक भिडियोलाई अमृत चापागाइँले सम्पादन गरेका हुन् । ‘पुतली’मा सुनिल क्षेत्रीलाई अभिनयमा वीना राउत र नेपाली ठिटोस् टिमले साथ दिएका छन्। केहि समय अगाडी आएको आधुनिक गीत तोरीको तेल लाएर कपाल कालो भोमा पनि मोडल सुनिल क्षेत्रि र वीना राउतकै अभिनय रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र ८ २०७६०३:२५:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend