आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना राहत : वृद्धभत्ता ५ हजार र गरीबलाई निःशुल्क खाना, कम्युनिस्टले सिकून् !

कोरोना राहत : वृद्धभत्ता ५ हजार र गरीबलाई निःशुल्क खाना, कम्युनिस्टले सिकून् !

  • शनिवार, चैत्र ८ २०७६

  • 4.7K
    SHARES

  • काठमाडौं – कोरोना भाइरसको महामारी विश्वव्यापी रुपमा फैलिरहेका बेला भारतको दिल्ली प्रदेश सरकारले जनताका लागि थुप्रै राहत कार्यक्रम घोषणा गरेको छ । नेपालमा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले मासिक ५ हजार वृद्धभत्ता दिने भनेर गरेको घोषणा नै पूरा गर्न नसकिरहेको अवस्थामा दिल्ली सरकारले भने कोरोना राहतस्वरुप वृद्धभत्ता दोब्बर दिने घोषणा गरेको छ । दिल्ली सरकारको कदमबाट नेपालको कम्युनिस्ट सरकारले समेत शिक्षा लिनुपर्ने देखिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीलाई तत्कालै लकडाउन नगर्ने र आवश्यक परेमा प्रभावकारी कदम चाल्ने घोषणा गरे । शनिबार डिजिटल प्रेस कन्फ्रेन्समा केजरीवालले वृद्धवृद्धा, विधवा र फरक क्षमता भएका नागरिकलाई दिइने भत्ता दोब्बर पारेका छन् । ‘यस्तो सुविधा पाउँदै आएका ८ लाख ५० हजार नागरिकले चालू महिनादेखि ४ हजारदेखि ५ हजार भत्ता पाउने भएका छन्,’ उनले भने । केजरीवालले कोरोना कारण निम्तिएको कडाइले गरीब व्यक्तिहरू मारमा परेको बताएका छन् । उनले घरबारविहीनलाई रात्रिकालीन सेल्टरमा निःशुल्क खाना उपलब्ध गराउने घोषणा समेत गरे । ‘हामी कोरोनाको संकटका बेला दैनिक ज्यालादारी र मजदूरी गर्नेहरू गम्भीर रुपमा चिन्तित छौं । कोही भोकै रहोस् भन्ने चाहदैंनौं,’ उनले भनेका छन् । जेष्ठ नागरिकलाई सम्बोधन गर्दै उनले भने, ‘म सबै ज्येष्ठ नागरिकलाई भन्न चाहन्छु, कृपया सकेसम्म ढोका बन्द गरेर घरभित्र बस्नुस् । सबैभन्दा धेरै जोखिममा रहेको समूह भएकाले तपाईंले आफ्नो विशेष हेरचाह गर्न जरुरी छ । जसकारण तपाईंहरू संक्रमणमुक्त रहन सक्नुहोस् ।’ केजरीवालले गरेको राहत घोषणाको भारतभर प्रशंसा सुरू भएको छ । यसअघि समेत लोकप्रिय कार्यक्रमका कारण केजरीवाल जनताको मनमा बस्न सफल भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र ८ २०७६०१:५०:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend