आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना भाइरविरुद्ध सार्कमा ‘इमर्जेन्सी फण्ड’ बनाउन प्रस्ताव, भारतले १० मिलियन अमेरिकी डलर राख्ने

कोरोना भाइरविरुद्ध सार्कमा ‘इमर्जेन्सी फण्ड’ बनाउन प्रस्ताव, भारतले १० मिलियन अमेरिकी डलर राख्ने

  • आइतवार, चैत्र २ २०७६

  • 4.7K
    SHARES

  • काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ (कोरोना भाइरस) विरुद्ध सार्क ‘इमर्जेन्सी फण्ड’ बनाउन प्रस्ताव गरेका छन् । कोरोना भाइरसविरुद्ध सार्क मुलुकका राष्ट्रले सहकार्य गरेर अघि बढ्नु पर्ने उनले बताए । उक्त इमेर्जेन्सी फण्डमा १० मिलियन अमेरिकी डलर भारतले राख्ने र अरु राष्ट्रले पनि स्वयंसेवी योगदानका आधारमा रकम जम्मा गर्न सक्ने उनले जनाए । यसका लागि कुटनीतिक रुपमा अघि बढ्ने बताए ।चिकित्सक तथा स्वास्थ्य उपकरणहरु भारतले तयार गरिरहेको उनले बताए । कोरोना भाइरस विरुद्ध साझा धारणा बनाउन सार्क राष्ट्रका प्रमुखहरुबीचको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले भने,‘सहकार्य गरेर अघि बढ्न जरुरी छ, चिकित्सकहरुका लागि अनलाइन ट्रेनिङ क्यापसुलहरु पनि स्थापना गर्न आवश्यक छ ।’ सार्कका मुलुकहरुका लागि हेल्थ सफ्टवेयर बनाइएको र कमन रिसर्च प्लाटफर्म बनाउन मोदीले सार्क राष्ट्रका प्रमुखहरुसँग प्रस्ताव गरे । भारतीय मेडिकल रिसर्च काउन्सीलले निश्चित क्षेत्रमा समन्यव गर्न सक्ने उनले बताए । त्यसअघि सार्कका सबै राष्ट्रका प्रमुख तथा प्रतिनिधिले कोरोना संक्रमण विरुद्ध सबै मिलेर जानुपर्नेमा जोड दिएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र २ २०७६०१:०१:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend