आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कञ्चनपुरमा कांग्रेसले देखायो असली तागत, यसरी तोडियो नेपाली भूमिमा भारतले गाडेका सीमा पिलर

कञ्चनपुरमा कांग्रेसले देखायो असली तागत, यसरी तोडियो नेपाली भूमिमा भारतले गाडेका सीमा पिलर

  • आइतवार, चैत्र २ २०७६

  • 7.6K
    SHARES

  • काठमाडौं– नेपाली भूमिमा गाडिएको सीमा पिलर नेपाली कांग्रेस र स्थानीयले तोडफोड गरेका छन्। हालै नेपाल भारत संयुक्त संर्वे टोलीले निर्माण गरेको एक सहायक सीमा पिलर तोडफोड गरिएको हो ।

    शनिबार (नेपाल–भारत) कञ्चनपुरको बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा गाडिएको ७८३/४ नम्बर पिलर तोडफोड गरिएको छ । नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरि बोहरा, पुर्व सांसदद्वय दिवान सिह विष्ट, बहादुर सिह थापा, हरेन्द्र सिहं बिष्ट, भोजराज बोेहरा, गोेपाल गुरुङ , जनक सिहं धामी , कृष्णाा गिरी, गोपी प्रसाद उपाध्याय , प्रकाश राज पन्त , सहितका कांग्रेस जिल्ला, क्षेत्र र स्थानीयले सीमा अनुगमन गरेका थिए।

    अनुगमनका क्रममा कांग्रेस कार्यकर्ता र स्थानीयले भारतले सीमा मिच्न लागेको भन्दै उक्त सीमा पिलर तोडफोड गरेको थिए । उनीहरुले हतौडा र ढुङ्गा प्रहार गरेर सीमा पिलर तोडफोड गरेका छन् । स्थानीयले सरकारले सीमा सुरक्षा गर्न नसकेको भन्दै सरकारको बिरोध गरेका थिए ।

    सीमा स्तम्भ तोडफोड गरिएपछि प्रतिकृया दिँदै पूर्वसांसद बिष्टले वर्तमान कम्युनिष्ट सरकारले सीमा विवाद प्रति चाँसो नदिएकोले सीमा स्तम्भ भत्काइएको बताए।

    उनले सीमाको रक्षा गर्ने जिम्मेवारी सरकारको भएपनि सत्तारुढ दलका नेताकार्यकर्ताले सीमा सर्भे टोलीलाई काम गर्न अवरोध गर्ने र त्रसित पार्ने काम गरेको आरोप पनि लगाए।

    त्यस्तै,कांग्रेस कञ्चनपुरका सभापति हरि प्रसाद बोहराले पचासौँ वर्षदेखि नेपाली नागरिकले भोगचलन गर्दै आएको जमिन भारतमा पार्न खोजिएकोले यो सरकारको गैरजिम्मेवारीपूर्ण काम भएको आरोप लगाए।

    नेपालीको लालपुर्जाधारी जमिनमा सीमा पिलर गाडेर नेपाली भूमि हड्प्न खोजेको भन्दै स्थानीयले बिरोध गरेपछि सर्वेको काम रोकिएको थियो । साढे पाँच दशकदेखि बस्दै आएको उक्त बस्तीका स्थानीयको जमिन भारतमा पर्नपछि सीमा विवाद चुलिएको छ । उक्त क्षेत्रमा संयुक्त टोलीले काम गर्न छाडेर कैलालीको खगौला नाकातर्फ गएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र २ २०७६०३:३३:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend