शनिवार, चैत्र १ २०७६
काठमाडौं– अमेरिकाभर कोरोना भाइरसको प्रकोप बढिरहेको अवस्थामा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय अपतकाल घोषणा गरेका छन् ।
मार्च १३ तारिक शुक्रबार अपरान्ह ह्वाइटहाउसमा एक पत्रकार सम्मेलन गर्दै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन् । ट्रम्पले तीब्र गतिमा फैलिएको यो भाइरसको नियन्त्रण गर्न ५० बिलियन अमेरिकी डलर रकम तत्कालका लागि छुट्याएको घोषणा पनि गरेका छन् । राष्ट्रपति ट्रम्पको घोषणाअनुसार, अमेरिकाले तत्कालदेखि प्रभावकारी आपतकालीन अपरेशन शुरु गर्नेछ ।
उनले गुगलमार्फत सक्रियरुपमा कोरोना भाइरस संक्रमित भए नभएको परिक्षण गर्ने जानकारी पनि दिएका छन् । जसअनुसार, गुगलमार्फत नै लक्षणहरु बारे जानकारी लिएर सम्भाव्य संक्रमितलाई ल्यावको ड्राइभ थ्रुमै राखेर त्यहीं नमुना लिई परीक्षण गरिने छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।