आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मध्यराति अमेरिकाले गर्‍यो राष्ट्रिय आपतकाल घोषणा

मध्यराति अमेरिकाले गर्‍यो राष्ट्रिय आपतकाल घोषणा

  • शनिवार, चैत्र १ २०७६

  • 3.8K
    SHARES

  • काठमाडौं –  शुक्रबार मध्यराति अमेरिकाले राष्ट्रिय आपतकाल घोषणा गरेको छ । विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन अमेरिकाले आपतकाल घोषणा गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन गर्दै आपतकाल घोषणा गरिएको जानकारी दिए । कोरोना संकटसँग जुध्न ट्रम्पले ५० अर्ब डलर खर्च गर्ने घोषणा समेत गरेका छन् । सँगसँगै देशभर विभिन्न प्रदेश सरकारसँग पनि समन्वय गर्ने घोषणा ट्रम्पले गरेका छन् । कोरोनाबाट बच्न सरसफाईमा विशेष ध्यान दिन पनि ट्रम्पले अमेरिकी जनतालाई आह्वान गरेका छन् । ‘आगामी हप्ता हाम्रा लागि महत्वपूर्ण छ, भाइरस फैलिनबाट रोक्नमा हाम्रो पूरै प्रयास हुनुपर्छ,’ उनले भने । अमेरिकाले युरोपमा जाने–आउने सबै हवाइ उठान ३० दिनका लागि स्थगित गरेको छ । विदेशबाट आउने हरेक व्यक्तिको प्रारम्भिक जाँच विमानस्थलमा गरिने समेत जनाइएको छ । अमेरिकाका विभिन्न प्रदेशमा कोरोना भाइरसको संक्रमण देखिएकाले जाँच र उपचारमा तीब्रता ल्याइने ट्रम्ले बताएका छ । ट्रम्पले आपतकाल कति दिनसम्म रहने भनेर स्पष्ट पारेका छैनन् । ‘हामी कतिपय मामिलामा अरु देशलाई सहयोग गर्छाैं, यो मुस्किल घडीमा समेत हामी डटेर अगाडि बढ्नेछौं भन्ने मलाई पूरा विश्वास छ,’ ट्रम्पले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र १ २०७६१२:४७:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend