आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केपी ओलीले १२ दिनसम्म अस्पतालमा गरे अचम्म लाग्ने खर्च ! कति छ हिसाबकिताब ?

केपी ओलीले १२ दिनसम्म अस्पतालमा गरे अचम्म लाग्ने खर्च ! कति छ हिसाबकिताब ?

  • शुक्रवार, फाल्गुण ३० २०७६

  • 4.9K
    SHARES

  • काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपणको अस्पताल बसाइ सकिएको छ । ओलीले १२ दिनसम्म अस्पतालमा बस्दा कति खर्च भयो होला ? अहिले सबैतिर यही जिज्ञासा छ । ओलीले सिंगापुर लगायत विदेशी अस्पतालमा सामान्य चेकजाँचका लागि जाँदा समेत लाखौं खर्च हुने गरेको अनुमान गर्ने गरिन्थ्यो । तर विदेशमा चेकजाँच गर्न जाँदा ओलीले कसरी खर्च जुटाउँथे भनेर सार्वजनिक हुने गरेको थिएन । ओलीले स्वदेशमै मिर्गाैला प्रत्यारोपण गरेर उपचार गर्दा भने खर्चको हिसाबकिताब अचम्म लाग्दो देखिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौलाको सफल प्रत्यारोपणपछि ओली शुक्रबार डिस्चार्ज भएका छन् । उनी डिस्चार्ज भएसँगै शिक्षण अस्पतालले खर्चको सामान्य अंक सार्वजनिक गरेको छ । ओलीको मिर्गौला प्रत्यारोपण गर्दा ५–६ लाख रुपैयाँ खर्च लागेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । शुक्रबार मिर्गौला प्रत्यारोपण गरिएको १० औं दिन र अस्पताल भर्ना भएको १२ औं दिनमा प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालले उल्लेख गरेको खर्चमा १२ दिनको हिसाबकिताब जोडिएको अस्पतालले जनाएको छ । मिर्गाैला प्रत्यारोपण जस्तो जटिल उपचारमा समेत प्रधानमन्त्रीबाट ५–६ लाख रुपैयाँ मात्र खर्च हुनुलाई अचम्मको रुपमा हेरिएको छ । तर नेताहरूले उपचारका लागि विदेश गएर लाखौैं रुपैयाँ सक्ने गरेका थिए । शिक्षण अस्पतालका प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले अघिल्लो साताको बुधवार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको थियो । ओलीलाई भाञ्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन् । ओलीले यसपालि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेकाले जटिलताका साथ हेर्दै संक्रमणको खतरा हुने चिन्ता गरिएको छ । ओलीले पहिलोपटक १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण ३० २०७६०१:४६:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend