आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना भाइरस : भारतले गर्‍यो विदेशीलाई यात्रामा प्रतिबन्ध, नेपालीलाई असर नपर्ने

कोरोना भाइरस : भारतले गर्‍यो विदेशीलाई यात्रामा प्रतिबन्ध, नेपालीलाई असर नपर्ने

  • बिहिवार, फाल्गुण २९ २०७६

  • 5.5K
    SHARES

  • काठमाडौँ- भारत सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिनबाट रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो । १५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसा १५ अप्रिलसम्म निलम्बन गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको त्रास बढ्न थालेपछि भारतले विशेष सावधानीसहित विदेशीको यात्रामा प्रतिबन्धको तयारी थालेको हो । यो तयारी अन्तर्गत भारतले घुम्न आउने अन्य देशका नागरिकको विशेष निगरानी गर्ने भएको छ । त्यसका लागि भारतले सीमा नाकामा परीक्षण गर्ने तयारी गरेको छ । अन्य देशका नागरिकलाई भारत प्रवेशमा कडा निगरानी गरिएपनि त्यसले नेपालीलाई कुनै असर नगर्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ । दूतावासका अनुसार भारतको पछिल्लो कदमले अन्य देशका नागरिक रोकिएपनि भारत जाने नेपालीलाई कुनै प्रभाव पार्नेछैन् । स्वस्थ नेपाली भारतमा निर्वाध जान पाउने भएपनि सीमानामा स्वास्थ्य परीक्षण गरिने र कोरोनाको लक्षण देखिएमा फिर्ता पठाइने दूताबासले जनाएको छ। जो व्यक्ति अहिले भारतमा छन् उनीहरुको भिसा जारी रहने छ । चीन इटली इरान कोरिया स्पेन जर्मनीसहित अन्य सबै देशको यात्रा गरेर फेर्किएका भारतीयको स्क्रीनिङ जाँच हुने र उनीहरुलाई १४ दिनसम्म निगरानीमा राखिने छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण २९ २०७६०७:११:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend