आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नरेन्द्र मोदीलाई कोरोनाको भयंकर डर, अपर्झट गरे यस्तो घोषणा

नरेन्द्र मोदीलाई कोरोनाको भयंकर डर, अपर्झट गरे यस्तो घोषणा

  • बिहिवार, फाल्गुण २२ २०७६

  • 4.7K
    SHARES

  • काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमणको त्रास फैलिरहेका बेला त्यसको असरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत छोएको छ । कोरोना भाइरसको डरले प्रधानमन्त्री मोदीले बेल्जियम भ्रमण अपर्झट रद्द गरेको घोषणा गरेका छन् । कोरोना भाइरसको प्रकोप कारण प्रधानमन्त्री मोदीले पूर्व निर्धारित भ्रमण भएको बेल्जियमको भ्रमण रद्द गरेका छन् । मोदीले १४–१५ मार्चमा बेल्जियम भ्रमणमा जाने कार्यक्रम तय गरेका थिए । युरोपियन युनियनको सम्मेलनमा सहभागी हुन बेल्जियम जाने पूर्व निर्धारित कार्यक्रम मोदीले रद्द गरेका छ । १३ मार्चका लागि तोकिएको सम्मेलन पनि कोरोनाकै कारण स्थगित भएको थियो । विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले बिहीवार प्रधानमन्त्री मोदीको निर्धारित भ्रमण स्थगित गरिएको जानकारी दिए । भारतमा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या बढ्दो देखिएको छ । हालसम्म भारतमा ३० जना व्यक्ति कोरोनाबाट संक्रमित भएको पाइएको छ । संक्रमण बढ्दै गएपछि दिल्लीका विद्यालय आगामी १ महिनाका लागि बन्द गरिएका छन् । ५ कक्षासम्म पढाइ हुने सबै विद्यालय ३१ मार्चसम्म बन्द गर्ने निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण २२ २०७६०१:३८:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend