काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोको पक्षमा विज्ञप्ति निकालेपछि अमेरिका आक्रोशित भएको घटना ताजै छ ।
कम्युनिस्ट विचारधाराबाट प्रेरित हुँदै प्रचण्डले ‘डियर कमरेड’ मुडुरोको पक्षमा बोल्दा अमेरिका चिढिएको थियो ।
जुन डियर कमरेडका लागि प्रचण्ड विवादमा आउन समेत तयार भए, तीनै डियर कमरेड भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोले देशका हरेक महिलालाई ६ वटा बच्चा जन्माउने जिम्मा लिएका छन् ।
टेलिभिजनमा समेत देखाइएको एक महिला स्वास्थ्य सुरक्षा सम्बन्धी कार्यक्रममा बोल्दै राष्ट्रपति मडुरोले देशका लागि हरेक महिलालाई ६ वटा बच्चा पाउन आह्वान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
‘भगवानले तपाईंलाई ६ वटा छोरी वा छोरा पाउन आशिर्वाद दिऊन्,’ उनले कार्यक्रमलाई देशभरका महिलालाई बच्चा जन्माउन प्रेरित गर्दै भने । आगामी ८ मार्चमा मनाइने अन्तर्राष्ट्रिय नारी दिवसको प्रसङ्गमा मडुरोले महिलालाई बढीभन्दा बढी सन्तान जन्माउन प्रेरित गरेका छन् । ‘हरेक महिलाले देशको राम्रोका लागि ६ बच्चा जन्माउनैपर्छ,’ मडुरोले भने ।
भेनेजुयलामा राजनीतिक विवादका कारण संकट रहेका बेला राष्ट्रपति मडुरोले महिलालाई धेरै सन्तान जन्माउन आग्रह गरेका छ । त्यहाँ राजनीतिक संकट गहिरो भएपछि अर्थतन्त्र र समाजका अन्य क्षेत्रमा असर देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।