आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पाकिस्तानी सेनाविरुद्ध जेनेभामा भब्य प्रदर्शन

पाकिस्तानी सेनाविरुद्ध जेनेभामा भब्य प्रदर्शन

  • बुधवार, फाल्गुण २१ २०७६

  • 4.5K
    SHARES

  • काठमाडौँ- पाकिस्तानी अल्पसंख्यकले संयुक्त राष्ट्रसंघ मानवअधिकार समितिको ४३ औं सम्मेलनका चलिरहेका बेला पाकिस्तानी सेनाको हिंसाविरुद्ध प्रदर्शन गरेका छन् । ‘ब्रोकन चेयर मा गरिएको प्रदर्शनमा पाकिस्तानका सिन्धी, बलोच र पस्तुन समुदायका प्रदर्शनकारीको सहभागिता थियो । पाकिस्तानको सिन्धी, बलोच र पस्तुन समुदायले पाकिस्तानमा स्वतन्त्र राज्यको माग उठाइरहेका छन् । प्रदर्शनमा सहभागिहरुले पाकिस्तानी सेनाविरुद्ध नाराबाजी गरेका थिए । पछिल्ला दशकमा पाकिस्तानमा बलोचहरुको सामूहिक चिहान फेला पर्दै आएका छन् । पाकिस्तानी सेनाले बलोचहरुविरुद्ध ज्यादती गर्दै आएको बताइन्छ । प्रदर्शनकारीले पाकिस्तानी सेना र प्रधानमन्त्री इमरान खानविरुद्ध चर्को नारा लगाएका थिए । पस्तुन नेता मुस्तफा पस्तुनले प्रदर्शनलाई सम्बोधन गर्दै पाकिस्तानी सेना र सरकारले पस्तुनहरुमाथि ज्यादती गरेको आरोप लगाएका थिए । उनले पाकिस्तानी सेनाले आतंकवादलाई सहयोग गरेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आफूहरुको रक्षा गर्न समेत आह्वान गरे । इटालीकी मानवअधिकारकर्मी फ्रान्सेस्काको समेत सहभागिता थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २१ २०७६०५:५८:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend