आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सांसदहरु तथा विदेशी विज्ञहरुले गरे भारतले संविधानको धारा ३७० खारेज गरेकोमा स्वागत

सांसदहरु तथा विदेशी विज्ञहरुले गरे भारतले संविधानको धारा ३७० खारेज गरेकोमा स्वागत

  • बुधवार, फाल्गुण २१ २०७६

  • 6.2K
    SHARES

  • काठमाडौँ- जम्मू कश्मीरका पत्रकार, युरोपेली युनियनका सांसदहरु तथा विदेशी विज्ञहरुले भारतले संविधानको धारा ३७० खारेज गरेकोमा स्वागत गरेका छन् । संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् युएनएचआरसीको ४३ औं सम्मेलनका क्रममा आयोजित एक कार्यक्रममा  सहभागीहरुले कमजोर मानवअधिकारका बावजुद पाकिस्तानले जम्मू कश्मीरको मामिलामा हस्तक्षेप गरेको विषयमा समेत चर्चा गरेका छन् । युरोपेली सांसदका पूर्व सदस्य नाथन गिलले सविधानको धारा ३७० खारेज गर्न भारत सरकारले चालेको कदमको प्रसंशा गर्दै आतंकवाद विरुद्धको लडाईँमा यो कदम महत्वपूर्ण हुने धारणा राखेका थिए । त्यस्तै कश्मीरकी महिला अधिकारकर्मी सइद तेहिमाले धारा ३७० खारेज भएसँग जम्मू कश्मीरका महिलाले अधिक महिला अधिकार प्राप्त गर्ने बताइन् । अब राज्यबाहिर विवाह गर्ने जम्मस् कश्मीरकी महिलाले पनि सम्पत्तिमा उत्तिकै हक राख्ने विचार व्यक्त गरिन् । यसअघि जम्मू कश्मीरकी महिलाले अन्य राज्यमा विवाह गर्दा जम्मू र कश्मीरमा उनी तथा उनका सन्तानका लागि सम्पत्तिको हक दिइएको थिएन । उनले कश्मीरका विषयमा पाकिस्तानले हस्तक्षेप गर्ने कुनै अधिकार नरहेको भन्दै पाकिस्तान सरकारलाई आफ्नै मुलुकभित्रको मानवअधिकाको चिन्ता गर्न समेत आग्रह गरिन् । त्यस्तै, युरोपेली सांसद गियान्ना गान्सियाले पाकिस्तानमा गिर्दो मानव अधिकारको अवस्थाबारे धारणा राखिन् । उनका अनुसार पाकिस्तान अलपसङ्ख्यकहरु पीडित बनिरहेका छन् । उनले भारत सरकारले नागरिकताका विषयमा ल्याएको नयाँ विधेयकले पाकिस्तानमा दमनमा परेका अल्पसंख्यकलाई भारतले नागरिकता दिने बाटो खुल्ने विचार व्यक्त गरिन् । युरोपेली आयोगका पूर्व निर्देशक ब्रायन टोलले कश्मीर विश्वको सबैभन्दा सुन्दर भूभागको रुपमा रहेको बताउँदै पछिल्ला केही वर्षमा पाकिस्तानको सहयोगका कारण त्यस क्षेत्रमा आतंकवाद मौलाएको बताए । त्यसैगरी गिल्गीट बाल्टिस्तान अध्ययनका अध्यक्ष सेङ्गे सेरिङले पाकिस्तानले गिल्गिट बाल्टिस्तानलाई कश्मीरमा आतंककारी आक्रमण गर्नका लागि उपयोग गरिरहेको बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २१ २०७६०५:५३:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend