आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मध्यरातमा मोदीले गरेको घोषणाले विश्वभर हंगामा, भारतमा उथलपुथल

मध्यरातमा मोदीले गरेको घोषणाले विश्वभर हंगामा, भारतमा उथलपुथल

  • मंगलवार, फाल्गुण २० २०७६

  • 11.4K
    SHARES

  • काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राति ८ बजेर ५६ मिनेट जाँदा एक ट्वीट गरे । मोदीले ट्वीट गर्दै भने, ‘यही आइतबारदेखि फेसबक, ट्विटर, इन्स्टाग्राम र युट्युबलगायत सामाजिक सञ्जाल छोड्ने बारेमा सोचिरहेको छु ।’

    अहिले प्रधानमन्त्री मोदीको ट्विटर ह्याण्डल @narendramodi लाई पाँच करोड ३३ लाखभन्दा धेरै मानिसहरुले फलो गरिरहेका छन् ।

    फेसबुकमा मोदीको एकाउन्टलाई चार करोड ४७ लाखभन्दा धेरैले फलो गरिरहेका छन् भने इन्स्टाग्रा एकाउन्टमा तीन करोड ५२ लाखले फलो गरिरहेका छन् ।

    मोदीको लोकप्रियता युट्युबमा पनि कम छैन । चार करोड ५१ लाखभन्दा धेरैले उनको युट्युब एकाउन्ट सब्सक्राइब गरेका छन् ।

    यद्यपि मोदीले यसको बारेमा कुनै कारण बताएका छैनन् । साथै उनले आफ्नो सामाजिक सञ्जालको खाता हटाउने, निष्क्रिय रहने र टाढा रहनेबारेमा बताएका छैनन् ।

    उनको ट्वीटपछि सामाजिक सञ्जालमा प्रतिक्रियाको ओइरो लागेको छ ।

    काङ्ग्रेस आइका पूर्वअध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री मोदीको ट्वीटमा प्रतिक्रिया दिँदै रिट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘तिरस्कार छोड्नुस् न कि सामाजिक सञ्जाल ।’

    राहुल गान्धीको ट्वीटमा त्रिपुराका मुख्यमन्त्री बिप्लब कुमार देबले प्रतिक्रिया दिएका छन् । उनी लेख्छन्, ‘यही कारण सोनिया गान्धीको कुनै पनि सामाजिक सञ्जाल प्लेफर्ममा एकाउन्ट छैन ।’

    काङ्गेस नेता रनदीप सिंह सुरजेवालाले ट्वीट गर्दै प्रधानमन्त्री मोदीलाई सल्लाह दिएका छन् । वरिष्ठ पत्रकार राजदीप सरदेसाई, आम आदमी पार्टीका नेता सोमनाथ भारती, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले पनि प्रतिक्रिया जनाएका छन् ।

    अभिनेत्री रुपा गाङ्गुलीले ट्वीट गर्दै प्रधानमन्त्री मोदीलाई यसो नगर्न भनेकी छिन् । उनी लेख्छिन्, ‘ कृपया तपाईँ मानिसहरुसँग संवाद गर्न बन्द नगर्नुस् ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २० २०७६०२:४८:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend