आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कर्मथलो जापान बनाएका भुवनले गीत मार्फत पस्किए जन्मगाँउको माया !

कर्मथलो जापान बनाएका भुवनले गीत मार्फत पस्किए जन्मगाँउको माया !

  • आइतवार, फाल्गुण १८ २०७६

  • 6.9K
    SHARES

  • काठमाडौँ- बाग्लुङ गलकोट नगरपालीका वाड न ९ अर्थात साबिकको मल्म गाबिस वाड न २ रिस्मीको माथी देउराली र टापु नाम गरेको सामुदायिक बन जङ्गल रहेको छ । रिस्मी गाँउका मानिसहरुले घाँस दाउरा गर्ने यहिनै जङ्गलमा गर्ने गरेका छन् । सोहि गाँउमा जन्मिएका गायक तथा सर्जक भूबन सापकोटाले आफ्नै गाउँ घरलाई सम्झेर नेपाली लोकदोहोरी गीत देउराली बजारमा ल्याएका छन् । १ दशक अगाडी सम्म देउराली र टापुमा बसोबास गरेका सापकोटा अहिले भने जापानमा रहेका छन् । लगभग सबैजसो मानिस कुनै न कुनै कामको लागि देउराली र टापु मा पुगेका छन् । तर आज त्यही गाँउका मानिसहरु लगभग सबैजसो विदेश हानीएका छन। ५०० को हाराहारीमा एउटै टोलका युवायुवतीहरु जापानमा मात्रै काम गर्न पुगेका छन् भने अन्य मुलुक अमेरिका, बेलायत, युरोप लगायत ठाँउमा पनि त्यहाँबाट पुगेका छन् । आज गाँउ लगभग रित्तै जस्तो बनेको छ, बिकास र सुबिधा थपिदै गएका छन तर पनि बस्ने मानिस अझै पनि घट्दो क्रममा छन् । रोजगारको शिलशिलामा त्यही रिस्मी गाँउबाट जापान पुगेका भुवनले यतीबेला बिदामा नेपाल आएर त्यहीँ गाँउ र टोल का शब्दहरु जस्ताको तस्तै टिपेर लय मार्फत देउराली र टापु नामको गित पस्किएका छन् । जुन गितको छायाङ्कन पनि सोही गाउँमै पुगेर सबै बास्तबिकता हरु देखाएर गरिएको छ । देउराली र टापु गित ब्यबसायिक भन्दा पनि आफु जन्मेको गाँउप्रतीको मायाको रुपमा पस्किएको सापकोटाले बताएका छन्। भिडियोमा सापकोटाको लय, शब्द, अभिनय आफैले गरेका छन् । सापकोटालाई गायिका मिना अधिकारीले आवाजमा साथ् दिएकी छिन् । जनता डिजिटल एण्ड फिल्म्सले बजारमा ल्याएको उक्त भिडियोको निर्देशन सिर्जन बरालले गरेका हुन् । भिडियोमा गायक सापकोटालाइ पुजन घिमिरेले अभिनयमा साथ् दिएकी छिन । थोरै समयमा चर्चा बटुल्न सफल भएको भिडियोको दिपक गिरीले छायांकन रहेका हुन् भने भिडियोको सम्पादन अमृत चापागाईले गरेका छन् । https://www.youtube.com/watch?v=-x9EKxy4Dso&feature=youtu.be&fbclid=IwAR3ml2-lrHWqHQokpkdjDbg0KDjypc5UsfNImAdBMBXufearQByIhScZGUk

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण १८ २०७६०५:१६:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend