काठमाडौं – ललितपुर जिल्लाका कुख्यात गुण्डा लेखराम महर्जनलाई ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नवराज सिलवालले संरक्षण दिइरहेको समाचार प्राप्त भएको छ ।
महर्जन चेक बाउन्स प्रकरणमा ललितपुर जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरिसकेको अभियुक्त हुन् । तर कम्युनिस्ट सांसद सिलवालको दबाबका कारण प्रहरीले पक्राउ गर्न आट गरेको छैन ।
महर्जनले सन्तानेश्वर महादेव इँटाभट्टाको पाटर्नर बनाउँछु भन्दै १ करोड ५० लाख रुपैयाँ लिएका थिए । भट्टामा पार्टनर नबनाएपछि चेक बाउन्स गरी जिल्ला अदालत ललितपुरमा ठगी मुद्दा दर्ता गरिएको थियो ।
मुद्दा दर्ता भएपछि महर्जनलाई पक्राउ गर्न अदालतले आदेश दिएको थियो । महर्जन ललितपुर जिल्लामा कहलिएका गुण्डा हुन् । महर्जन २०७० सालमा ज्यान मार्ने उद्योग मुद्दामा १ वर्ष नखु जेल बसेका थिए ।
महर्जनले भक्तपुरका कृष्ण तमासीसँग पनि भट्टामा पार्टनर बनाउँछु भन्दै २ करोड ठगेको आरोप छ । तमासीले पनि ठगी मुद्दा हाल्ने तयारी गरेको समाचार प्राप्त भएको छ ।
उनी गत २०७४ सालको निर्वाचनमा सांसद सिलवालको अंगरक्षक भएर चुनावमा हिँडेका थिए । महर्जनको चापागाउँ प्रहरी वृत्त नजिकै घर छ । प्रहरीलाई चुनौती दिँदै चौकी नजिकै ओहोरदोहोर गर्दै हिँडिरहने महर्जनलाई प्रहरीले नदेखेको जस्तो गर्ने गरेको स्थानीय बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।