आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पुलवामा आक्रमणका महत्वपूर्ण अभियुक्त पक्राउ

पुलवामा आक्रमणका महत्वपूर्ण अभियुक्त पक्राउ

  • शनिवार, फाल्गुण १७ २०७६

  • 4.5K
    SHARES

  • दिल्ली– गत वर्ष ४० जना भारतीय अर्धसैनिक बलको ज्यान जानेगरी भएको आत्मघाती बम आक्रमणको अनुसन्धानको सिलसिलामा एकजना महत्वपूर्ण अभियुक्त पक्राउ परेका छन् । उक्त आक्रमणमा संलग्न अभियुक्त शाकिर बसिर मग्रेलाई भारतको राष्ट्रिय अनुसन्धान निकाय एनआईएले पक्राउ गरेको हो । पाकिस्तानमा आधारित रही कश्मीर र भारतका अन्य क्षेत्रमा बारम्बार आतंककारी आक्रमण गर्दै आएको जैश ए मोहम्मद समूहमा आबद्ध उनले आत्मघाती आक्रमणकारी अदिल अहमद दारलाई आवास र अरु सहयोग गरेका थिए । पुलावामाकै काकपोरामा बसोबास गर्ने उनले फर्निचर पसल चलाउँदै आएको भारतीय अधिकारीले जनाएका छन् । उनलाई पाकिस्तानी आतंककारी मोहम्मद उमर फारुखले पुलवामा आक्रमणका आत्मघाती आक्रमणकारी अदिल अहमद दारसँग सन् २०१८ मा परिचय गराएका थिए । प्रारम्भिक बयानका क्रममा उनले पुलावामा आक्रमणसहित विभिन्न समयमा जैश ए मोहम्मदका आतंककारीहरुलाई हतियार, गोलिगठ्ठा, विष्फोटक पदार्थ र पैसा संकलन गरी बुझाउने गरेको खुलासा गरेका छन् । त्यस्तै, बयानकै क्रममा उनले अदिल अहमद दार र मोहम्मद उमर फारुखलाई सन् २०१८ देखि आक्रमणको मितिसम्म आवास प्रदान गरेको र विष्फोटक पदार्थ बनाउन सहयोग गरेको पनि खुलासा गरेका छन् । त्यसबाहेक आक्रमणका बेला प्रयोग गरीएको कार बम बनाउन मारुतीको इको कारलाई मोडिफाई गर्नमा समेत उनको हात थियो । अनुसन्धानका क्रममा उक्त आक्रमणमा एमोनियम नाइट्रेट, नाइट्रो ग्लिसिरिन र आरडिएक्सको प्रयोग भएको थियो भने डिएनए परीक्षणबाट आक्रमणकारी आदिल अहमद दारको पनि पहिचान भएको थियो । अनुसन्धानबाट उक्त आक्रमणमा दक्षिणी कश्मीरका लागि जैश ए मोहम्मदका कमाण्डर मुदस्सर अहमद खान, पाकिस्तानी आतंककारीहरु मोहम्मद उमर फारुख, बम बनाउन सिपालु कमरान, बम राखिएको कारका धनी सजाद अहमद भट र कश्मीरका लागि जैश ए मोहम्मदका कमाण्डर करी यासीर को पनि संलग्नता खुलेको थियो । ती सबैको भारतीय सैनिकको सुरक्षा कारवाहीमा विभिन्न समयमा ज्यान गइसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण १७ २०७६०१:४०:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend