आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

क्रुर कम्युनिस्टको कायरता : कोरोनाका बिरामीलाई गोली हानी हत्या !

क्रुर कम्युनिस्टको कायरता : कोरोनाका बिरामीलाई गोली हानी हत्या !

  • शनिवार, फाल्गुण १७ २०७६

  • 4.3K
    SHARES

  • काठमाडौं – कम्युनिस्टहरू जति क्रुर हुन्छन्, त्यत्तिकै कायर पनि भन्ने उदाहरण चीनको छिमेकी मुलुक उत्तर कोरियाले दिएको छ । कोरोना भाइरसको थप संक्रमणबाट बच्न उत्तर कोरियामा एकजना संक्रमितलाई गोली हानेर हत्या गरिएको खबर चुहिएको छ । पारदर्शिता नभएको निरंकुश देश उत्तर कोरियामा कम्युनिस्ट तानाशाहको शासन रहेको छ । उत्तर कोरियाले भने आफ्नो देशमा कोरोना संक्रमित कोही नभेटिएको दाबी गर्दै आएको छ । चीन निकट विज्ञको हवाला दिँदै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उत्तर कोरियामा एक संक्रमित भेटिएको र गोली हानी हत्या गरिएको दाबी गरेका छन् । उत्तर कोरियाली अधिकारीहरूले १ सय ४१ जनाको संक्रमण परीक्षण गरिएकोमा कसैमा पनि संक्रमण नभेटिएको दाबी गरेका छन् । उत्तर कोरियाले कोरोनाको त्रासका कारण पछिल्लो समय चीनसँगका सीमा बन्द गर्नुका साथै उच्च सतर्कता अपनाउँदै आएको छ । केही दक्षिण कोरियाली मिडियाले चीनसँग जोडिएका उत्तर कोरियाली शहरमा संक्रमित भेटिएको खबर सार्वजनिक गरेका छन् । दक्षिण कोरियाली पत्रिका कोसन इल्बोले सिनुइजु शहरमा दुईजना कोरोना भाइरसका बिरामी भेटिएको समाचार लेखेको छ । उत्तर कोरियाले कारोनाको उपचार गर्नुको साटो संक्रमितलाई हत्या गरेको भन्दै आलोचना समेत भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण १७ २०७६०१:२७:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend