मंगलवार, फाल्गुण ६ २०७६
उनले यो प्रकरणमा गायक कटुवाल कुनैपनि हिसाबले दोषी नभएको जिकिर गरे । उनले भने,‘प्रकाश दोषी छैनन् भन्ने कुरा स्वयम प्रहरीलाई समेत थाहा थियो, त्यही भएर प्रहरीले तीन दिनसम्म मुद्दा नचलाई बसेको हो । प्रहरीले त प्रकाशविरुद्ध मुद्दा दर्ता गर्न नै मानेको थिएन ।’
उनले प्रहरीद्वारा तीन पटकसम्म यो प्रकरणमा मिशील फेरिएको स्पष्ट पारे । उनले भने,‘तनहुँ जिल्ला प्रहरी कार्यालयले समेतले हामी केही गर्न सक्दैनौ भन्यो ।’ उनले आफूहरुको आवाजलाई कसैले सुन्न नचाहेको समेत गुनासो पोखे । उनले यो प्रकरणमा आफूहरु ज्ञापनपत्र लिएर गुह मन्त्रालय र कानुन मन्त्रालयसमेत जाने प्रतिबद्वता व्यक्त गरे ।
त्यसैगरि कार्यक्रममा प्रकाश कटुवालकी श्रीमती लक्ष्मी कटुवालले लामो यात्रामा जाँदा आफूलाई गाहा्रो हुने र वान्ता हुने गरेको सुनाईन् । उनले भनिन्,‘सामान्य झगडालाई नियोजित ढंगले हामीलाई फसाईएको छ ।
मेरो कारणले घट्ना सिर्जना भएको थियो । हामी कार्यक्रममा सहभागी हुन् पोखरा गएका थियौँ तर, यात्राको क्रममा वान्ता हुने कारण गाडी रोकाईयो र बाटो छेउमा वमिट गर्न खोज्दा त्यहाँ नजिक रहेको घर मालिकले जबरजस्ती गाली गर्नुभयो र अभद्र व्यवहार गर्नुभयो ।’
उनले सामान्य विवादपछि आफूहरुले माफी मागेर त्याँहाबाट निस्किएको सुनाईन् । उनकाअनुसार विवाद भएको उक्त घट्नाको केही दिनपछि डुम्रे चौकीका इन्स्पेक्टरले फोन गरेर चौकी आउन आग्रह गरेको थियो ।
सोही आग्रहअनुसार प्रकाश चौकी गएका थिए । चौकी गएपश्चात् उल्टै सो घर मालिकले आफूहरुलाई गल्ती गरेका भन्दै फसाईएको उनले आरोप लगाईन् । उनले यो प्रकरणमा दोषीलाई कारवाही गरेर निर्दोषलाई उन्मुक्ति दिनको लागि पनि नेपाल प्रहरीसमक्ष आग्रह गरेकी छिन् ।
कार्यक्रममा संघका प्रवक्ता होम सुबेदीले गायक प्रकाश कटुवाल निर्दोष रहेको बताए । उनले भने,‘दोषीलाई कारवाही गर्नुपर्छ, तर निर्दोषलाई उन्मुक्ति दिनुपर्छ ।’ गीत गाउने सामान्य मानिसलाई जथाभावी लगेर जेल हालिएको भन्दै उनले कडा आक्रोश पोखे । उनले नेपाल प्रहरीलाई यो प्रकरणमा निश्पक्ष ढंगले जाँच गर्न समेत आग्रह गरे ।
त्यसैगरी कार्यक्रममा संघका केन्द्रीय सदस्य नारायण सापकोटाले कटुवालमाथि नियोजित ढंगले उक्त घट्ना घटाइएको आरोप लगाए । उनले भने,‘हाम्रा मित्र गायक कटुवालमाथि सुनियोजित ढंगले घटाईएको यो घटनाप्रति हामी दुःख व्यक्त गर्दछौं । र, यसले हामी सबैलाई भावुक बनाएको छ ।’
उनले भने,‘प्रकाश कटुवाल कलाकारमात्र होईन उहाँ सामाजिक अभियन्ता पनि हुनुहुन्छ । उहाँलाई नियाजित ढंगले फसाईएको हो, त्यसैले प्रहरीलाई यो घट्नामा निश्पक्ष ढंगले अनुसन्धान गर्नको लागि पनि म आग्रह गर्न चाहन्छु ।’ फागुन २ गते घटेको घट्नालाई किन ५ गते ज्यान मार्ने मुद्दा लागाइएको भन्दै उनले प्रश्न गरे ।
कुनैपनि दबाबबाट मुद्दा दर्ता गराइएको हो भने आफूहरुलाई त्यो मान्य नहुने पनि उनले चेतावनी दिए । उनले कलाकारलाई सुरक्षा खोई ? भन्दै राज्यप्रति गुनासो पोखेका छन् ।
त्यसैगरि कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नवराज घोरासैनीले सधैं कलाकारमाथि मात्रै किन दुव्र्यवहार भइरहको छ भनेर प्रश्न गरे । उनले भने,‘गुण्डा लगाएर पिट्न लगाउने कलाकारको जात हैन् । कलाकार सभ्य र रोमान्टिक स्वभावको हुने गर्दछ ।’ उनले यो प्रकरणमा गायक कटुवाल शतप्रतिशत निर्दोष रहेको दाबी गरे । उनले तत्काल गायक कटुवाललाई रिहाई गर्नसमेत प्रहरी प्रशासनसमक्ष आग्रह गरेका छन् ।
त्यसैगरि कार्यक्रममा पूर्व प्रहरी निरीक्षक तथा गायक लीला श्रेष्ठले गायक कटुवाल प्रक्राउ पर्नु दुःखदायी भएको टिप्पणी गरे । उनले भने,‘मावनीय हिसाबले गर्नृपर्ने व्यवहारको ठाँउमा उल्टै हाम्रा साथी गायक कटुवाललाई नियोजित ढंगले फसाइयो ।’
यद्धपी उनले मुद्दा दर्ता भएपनि आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको स्पष्ट पारे । उनले यो प्रकरणमा प्रहरी अनुसन्धानले सही ढंगले फैसला गर्छ भन्नेमा आफू विश्वस्त रहेको सुनाए ।
संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीको नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘कोहीलाई दोषीको बिल्ला भिराउँदैमा दोषी हुँदैन् । र, कोही निर्दोष भन्दैमा निर्दोष हुँदैन् । तर, राष्ट्रिय संगीतकर्मी संघ, पोखराको एउटै कार्यक्रममा गएका हामी सबैलाई जगजाहेरै छ ।
दश वर्षपछि पोखरा गएका गायक प्रकाश कटुवाल आफ्नो परिवारका साथै विनोद ढकाल, शंकर ढकाललगायत पोखरा गैरहेको अवस्थामा डुम्रेमा कटुवालको श्रीमतीलाई वान्ता आउँदा वान्ता गराएको सामान्य घट्ना घटेको र सहमतिमा छुट्टिएर गएको अवस्थामा प्रकाशमार्फत नै घट्ना घटाईएको भनेर सत्य, तथ्यबेगर केही भीड, जमात र एक अमुक राजनीतिज्ञको कारण ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिनु सरासर अन्याय र अत्याचारको पराकाष्ठा हुन् ।’
विज्ञप्तीमा थप भनिएको छ,‘निर्दोष दोषी हुनुहुन्छ । र दोषी उम्कनु हुन्न भन्ने हाम्रो भनाईको कुनै प्रवाह नगरी भीड र जमातले तथ्य, सत्य छानबिन गर्न नदिईकन कटुवाल ने दोषी भन्दै विपक्षलाई सोध्नसमेत नदिने, पिट्न खोज्ने, ठेगान लाउँछु, टाउको फुटाउँछु भन्ने र भेटे मार्छु भन्नेजस्ता दानवीय र जंगली व्यवहार मैले नेपालमा देखेको थिईन् ।
मेरो ३७ वर्षीय जीन्दगीमा मैले सबैतिर नेपाल अपनत्व गरेको थिएँ । तर, मलाई लाग्यो कि ३ दिनका हाम्रा दर्दनाक क्षणमा म नेपाली छु कि कुनै हाम्रो दुश्मनी मुलुकमा ।
बास, यति बोले तर न्याय नमरोस, निर्दोषलाई दोषी नबनाईयोस् । मेरो आत्मा रोईरहेको छ । म यो क्षण नमरुञ्जेल भुल्दिन् । अन्त्यमा त्यही भेगमा रहेर उच्च मनोबलका साथ हामीलाई श्रद्धा, सम्मान, सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति उच्चजन महानुभावहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’ मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।