आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

झलनाथ खनालको घोषणा : अब ओली–प्रचण्डको पछि लाग्दैनौं !

झलनाथ खनालको घोषणा : अब ओली–प्रचण्डको पछि लाग्दैनौं !

  • शनिवार, फाल्गुण ३ २०७६

  • 6.8K
    SHARES

  • काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता तथा अमेरिकी सहयोगको मिलेमियन च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले कार्यदलले निकालेको निष्कर्ष नै अन्तिम हुने दाबी गरेका छन् । ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै खनालले कार्यदलमाथि कसैको पनि हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । केही दिनअघि प्रधानमन्त्री केपी ओलीले कार्यदल बनाएर ‘तमासा’ गरेको अभिव्यक्ति दिएका छन् । ओलीले जथाभावी बोलेपछि आक्रोशित खनालले अब कार्यदल ओली–प्रचण्डको पछि नलाग्ने बताए । ओली वा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जे भने त्यो भनाई व्यक्तिगत हुने खनालले बताएका छन् । ‘हामीले जे अध्ययन गरेका छौं, त्यही प्रतिवेदनमा समेट्छौ । कार्यान्वयन गर्नुको विकल्प छैन,’ उनले भने । नेता खनालले ओली नेतृत्वको सरकार २ वर्षमा सफल हुन नसकेको आरोप पनि लगाएका छन् । ‘सरकार सफल हुन सकेन, जनताको मन जित्न सकेन, सुशासनमा चुक्यो । भ्रष्टाचार नियन्त्रण हुन सकेन,’ उनले भने । बालुवाटारको ललिता निवास प्रकरणमा अख्तियारले पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि पनि छानबिन गर्नुपर्ने आशय खनालले व्यक्त गरे । अख्तियारले दुवैलाई उन्मुक्ति दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण ३ २०७६०१:५३:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend