सुर्खेत- बोनम्यारो प्रत्यारोपणका क्रममा निधन भएका पत्रकार डिल प्रसाद शर्माको परिवारलाई हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीले सहयोग हस्तान्तरण गरेका छन्।
नेपाल प्रेस युनियनका महासचिव समेत रहेका शिवाकोटीले सुर्खेतमै पुगी पत्रकार शर्माकी बहिनी नान्कला शर्मालाई २५ हजार सहयोग रकम हस्तान्तरण गरेका हुन्।
झ्न्जा साहसिक पत्रकारिता पुरस्कार पाएका शिवाकोटीले सो पुरस्कारको रकम मध्येबाट पत्रकार शर्माको परिवारलाई २५ हजार सहयोग गर्ने घोषणा गरेका थिए।
बाल्यकालमै पिता गुमाएका शर्माको २३ बर्षको कलिलो उमेरमै गत कार्तिक २८ गते निधन भएको थियो। शर्माको आमा र बहिनी हुनुहुन्छ। परिवारको आर्थिक भरथेग गर्ने एक्लो छोरा गुमेपछि शर्मा परिवार पारिवारिक जटिलताबाट गुज्रिरहेको छI
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।