काठमाडौं– बालुवाटार जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई मुद्दा नलगाउनुको कारण सर्वोच्च अदालतले मागेको छ। शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले यस्तो आदेश दिएको हो।
सर्वोच्चले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नेपाल र भट्टराईमाथि मुद्दा नलगाउनुको कारणसहित लिखित जवाफ पेश गर्न आदेश दिएको छ। त्यस्तै, नेपाल र भट्टराईलाई पनि लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
सर्वोच्चको आदेशमा अख्तियारसहित नेपाल र भट्टराईलाई पनि १५ दिनको समय दिइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।