आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली सरकारविरुद्ध भक्तपुरका सडकमा उत्रियो तरुण दल

ओली सरकारविरुद्ध भक्तपुरका सडकमा उत्रियो तरुण दल

  • बिहिवार, फाल्गुण १ २०७६

  • 5.6K
    SHARES

  • भक्तपुर – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध नेपाल तरुण दल भक्तपुरले सडकमा मसाल जुलुस प्रदर्शन गरेको छ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्को नीतिगत निर्णय हुँदाहुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध मुद्धा दायर गर्न सिफरिस गरेको तर नेकपाका नेताविरुद्ध मुद्धा दायर सिफारिस नगरेको विरोधमा तरुण दलले मसाल जुलुस प्रदर्शन गरेको हो । तरुण दलले भक्तपुरको बाखा बजारदेखि शंखाधर चोकसम्म सरकार विरोधी विभिन्न नारासहित मसाल जुलुस निकालेको छ । अख्तियारले कारवाही गर्दा कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने भन्दै मसाल जुलुस निकालेकोे नेपाल तरुण दल भक्तपुर जिल्ला अध्यक्ष राजु थापाले बताएका छन् । मन्त्रिपरिषद्का प्रमुख प्रधानमन्त्रीलाई जोगाउने तर परिषद्का सदस्यलाई मुद्धा लगाउने अख्तियारको नियत ठीक नभएको अध्यक्ष थापाले आरोप लगाएका छन् । जग्गा प्रकरणमा अख्तियारले मन्त्रिपरिषद्को निर्णय भन्दै नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ लगायत १ सय ७५ जनाविरुद्ध गत माघ २२ गते मुद्धा दायर गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण १ २०७६०२:३१:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend