आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रोजगारी गर्न कुवेत गएका ६ नेपालीको मृत्यु

रोजगारी गर्न कुवेत गएका ६ नेपालीको मृत्यु

  • बिहिवार, फाल्गुण १ २०७६

  • 5.3K
    SHARES

  • काठमाडौं – वैदेशिक रोजगारका लागि कुवेत गएका रहेका ६ जना नेपाली कामदारको मृत्यु भएको छ । निर्माण क्षेत्रमा काम गर्न रोजगारीका लागि कुवेत पुगेका नेपालीको बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । घटनास्थलमै चार जनाको मृत्यु भएको छ भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । कुवेतस्थित नेपाली राजदूतावास स्रोतका अनुसार मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा ढल निर्माण गर्ने क्रममा बालुवा र ग्राभेलको ढिस्को खस्दा नेपालीको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेको विस्तृत जानकारी आउन नसकेको दूतावासले जनाएको छ । स्थानीय प्रहरीसँग समन्वय गरेर मृतक नेपालीबारे जानकारी लिने प्रयास भइरहेको दूतावासले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण १ २०७६०२:१५:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend