काठमाडौं अग्नि सापकोटा सभामुख बनेदेखि संसद सचिवालयका कर्मचारीहरू निराश बनेका छन् । नेकपा निकटका कर्मचारीहरू पनि सापकोटासँग नजिक हुन चाहेका छैनन् ।
औपचारिक बाहेक कर्मचारीहरूले सभामुख सापकोटालाई महत्व नदिएको संसद सचिवालयमा चर्चा हुने गर्दछ । बरु सचिवालयका कर्मचारीहरु राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनातिर नजिकन खोजेका छन् ।
युद्ध अपराधको आरोप खेपिरहेका सापकोटालाई क्यानेडियन सिनेटका सभामुख जर्ज जे फुरीले भेट्न नमानेको समेत बाहिर आएको छ ।
फुरीले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र सांसदहरूसँग भेटेका थिए । तर, सापकोटासँग भेटेनन् । सापकोटालाई यो घटनाले झस्काइदिएको छ । संसदमा उनको प्रस्तुति पनि कठोर र असंहिष्णु बन्दै गएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरुको आरोप छ ।
क्यानेडियन सिनेटका सभामुख फुरीले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सामूहिक रुपमा भेट गरेका थिए । फुरीले सभामुख सापकोटासँग नभेट्नुले सापकोटाको युद्ध अपराधसम्बन्धि विषयमा अन्तर्राष्ट्रिय समुदाय अझै पनि सचेत छ भन्ने सन्देश दिएको हो कि भन्ने आशंका छ ।
सभामुख सापकोटालाई विदेश भ्रमणमा जान ठूलै खतरा छ । संसद सचिवालयभित्र नेकपाको पकड छ । सापकोटालाई सफल हुन नदिन नेकपाकै नेताहरु लागिपरेको स्रोत बताउँछ ।
यसैवीच, संसद सचिवालयमा भ्रष्टाचारको कुरा बेलाबेला उठ्ने गरेको छ । नेकपाको कब्जामा रहेको संसद सचिवालय पछिल्लो समय भ्रष्टाचारले गन्हाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग संसद सचिवालयमा प्रवेश गर्न डराएको छ । यसअघि पनि संसद सचिवालयमा राष्ट्रिय सभाका अध्यक्ष र सचिवको कार्यकक्ष बनाउ र अध्यक्ष र सचिव बस्ने भवनको लिफ्ट बनाउँदा ठूलो आर्थिक अनियमिता भएको भन्दै आलोचना भएको थियो । आजको युनाइटेड पोस्ट साप्ताहिकमा खबर छापिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।