आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली सरकारविरुद्ध भोलिदेखि नै आमरण अनशन बस्ने घोषणा

ओली सरकारविरुद्ध भोलिदेखि नै आमरण अनशन बस्ने घोषणा

  • बुधवार, माघ २९ २०७६

  • 3.9K
    SHARES

  • कैलाली – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्को सरकारले थारु समुदायका अधिकारका लागि काम नगरेपछि आक्रोशित थरुहट र थारुवान मोर्चाले आन्दोलन घोषणा गरेको छ । मोर्चाका केन्द्रीय संयोजक तथा थरुहट नेता लक्ष्मण थारुले सरकारबाट थरुहट क्षेत्रको अधिकार माग्न आमरण अनशनमा बस्ने घोषणा गरेका छन् । संयोजक थारुले बुधबार पत्रकार सम्मेलन गर्दै भोलि बिहीबारदेखि धनगढी क्याम्पस चोकमा ओली सरकारविरुद्ध आमरण अनशन बस्ने घोषणा गरे । ‘थारु हक अधिकारका लागि अब हामी अलिकति पनि विचलित नभएर, देशको शान्ति र सद्भाव नबिगार्ने गरी आन्दोलनमा जानुपर्ने अवस्था आयो,’ उनले पत्रकार सम्मेलनमा भने, ‘फागुन २ गतेदेखि देशव्यापी रुपमा प्रदर्शन समेत गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।’ गत माघ ८ गते नै काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको मोर्चाले पहिलो मागका रुपमा सांसद रेशम चौधरी रिहाइ हुनुपर्ने माग गरेको छ । आन्दोलन घोषणा गर्दै मोर्चाले टीकापुरमा भएको घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठन गरिएको छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिका प्रतिवेदन समेत सार्वजनिक गर्न माग गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २९ २०७६०२:१५:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend