धनगढी – हालसालै चीनबाट स्वदेश फर्किएका कैलालीको धनगढीका एक व्यक्तिमा कोरोना भाइरसको आशंका गरिएपछि अस्पताल भर्ना गरिएको छ ।
स्वदेश फर्किएका ती व्यक्तिलाई ज्वरो आउने र घाँटी दुख्ने समस्या देखिएपछि कोरोना भाइरसको आशंकामा सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ ।
बुधवार अस्पताल भर्ना भएका उनलाई विशेष निगरानीमा राख्दै छुट्टै कक्षमा चेकजाँच सुरू भएको सेती प्रादेशिक अस्पतालको इमरजेन्सी विभाग प्रमुख डा. जगदीशप्रसाद जोशीले जनाएका छन् ।
कोरोना भाइरसको संक्रमण भएको आशंकामा नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाउने तयारी भइरहेको डा. जोशीले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।