काठमाडौं – नेपाली सेनाको गाडी दुर्घटना हुँदा सल्यानमा एक जनाको मृत्यु भएको छ ।
सल्यानको कपुरकोट गाउँपालिकाको चोरखोलामा बुधवार दुर्घटना हुँदा सेनाका जमदार यादव भडेलको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा परेर ६ जना गम्भीर घाइते छन् । सिमखर्कबाट दाङतर्फ जाँदै गरेको लु१त १२३ नम्बरको सिमखर्क ब्यारेकको गाडी दुर्घटनामा परेको हो ।
गाडी दुर्घटनामा परेर सेनानी ईश्वर सिलवाल, हुद्दा जयप्रकाश बोहरा, मोहन थापा, सिपाही विशाल गुरुङ, रेशम लित मगर र विपिन श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ ।
गम्भीर घाइतेको दाङको तुलसीपुरस्थित अञ्चल अस्पतालमा सामान्य उपचारपछि काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।