आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनले कोरोना भाइरसबाट मर्नेको संख्या लुकाउँदैछ ? १४ हजार शव जलाइएको आशंका !

चीनले कोरोना भाइरसबाट मर्नेको संख्या लुकाउँदैछ ? १४ हजार शव जलाइएको आशंका !

  • मंगलवार, माघ २८ २०७६

  • 4.1K
    SHARES

  • काठमाडौं – चीन सरकारले कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या लुकाइरहेको आशंकासहित विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेका छन् । ताइवानबाट प्रकाशित ताइवान न्यूजले चीनको वुहान प्रान्तमा १४ हजार बढी शव जलाएको हुनसक्ने आशंका गरेको छ । चीनले वुहान शहरमा कोरोना भाइरसबाट मृत्यु भएका १४ हजारभन्दा धेरै व्यक्तिको शव जलाएको हुनसक्ने समाचारमा उल्लेख छ । वुहान सहरमा सल्फर डाइअक्साइड ग्यासको स्तरका आधारमा पछिल्लो विवरण सार्वजनिक गरिएको छ । ताइवान न्यूजले ‘विन्डी डटकम’ले अन्तरिक्ष क्षेत्रबाट खिचेको तस्वीरमा वुहान शहरमा सल्फर डाइअक्साइडको मात्रा असामान्य रुपमा बढी पाइएको दाबी गरेको छ । समाचार अनुसार वुहान शहरको वायुमण्डलमा सल्फर डाइअक्साइडको मात्रा १ हजार ७०० माइक्रोग्राम प्रतिघनमिटर रहेको छ । सल्फर डाइअक्साइडको धेरै मात्रा खतराको स्तरभन्दा २१ गुणा बढी रहेको समाचारमा उल्लेख छ । मृतकका १४ हजारभन्दा धेरै शव जलाउँदा मात्रै धेरै मात्रामा सल्फरडाइअक्साइड उत्सर्जन हुने वैज्ञानिकहरूको दाबी रहेको छ । व्यक्तिको शव जस्ता जैविक पदार्थ जलाउँदा सल्फरडाइअक्साइड, मर्करी डाइअक्सिजन र हाइड्रोक्लोरिक एसिड जस्ता रसायन पदार्थ बढी निस्किने वैज्ञानिकले जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ २८ २०७६०१:४०:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend