आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केपी ओलीकै घोषणा: सरकारको काम सन्तोषजनक भएन !

केपी ओलीकै घोषणा: सरकारको काम सन्तोषजनक भएन !

  • आइतवार, माघ २६ २०७६

  • 3.9K
    SHARES

  • काठमाडौं – कम्युनिस्ट सरकारले प्रचार गरेजस्तो काम गर्न नसकेको भएर सर्वत्र आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारले सन्तोषजनक काम गर्न नसकेको घोषणा गरेका छन् । आईतबार दिउँसो ४७ औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले चाहेको गतिमा विकास निर्माणको काम अगाडि बढाउन नसकेकोमा असन्तुष्टि जनाएका छन् । विकास आयोजना कार्यान्वयनको गति, न्युन पूँजीगत खर्च, वैदेशिक सहयोगका आयोजनामा ढिलासुस्ती भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले असन्तुष्टि प्रकट गरेका छन् । ‘कामहरू सन्तोषजनक भएन, काम ढिला भयो, पूँजीगत खर्च ज्यादै न्युन भयो, हामीले जुन गतिमा जान थालेका थियौं, त्यसो हुन सकेन,’ उनले असन्तुष्टि जनाउँदै भने । बैठकमा बोल्दाबोल्दै स्वास्थ्यमा समस्या भएको बताएर ओली बाहिरिएका थिए । उनी बैठकमा धेरै समय बस्न सकेनन् । ओली बाहिरिएपछि बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्बोधन गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २६ २०७६०१:५२:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend