आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली सरकारको ‘प्लान’ तुहाइदिने यी नेताको रणनीति !

ओली सरकारको ‘प्लान’ तुहाइदिने यी नेताको रणनीति !

  • आइतवार, माघ २६ २०७६

  • 5.1K
    SHARES

  • काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले खतरनाक कोरोना भाइरसबाट प्रभावित चिनियाँ क्षेत्रबाट ल्याइएका नेपालीलाई भक्तपुरमा राख्ने योजना बनाएपछि नेपाल मजदूर किसान पार्टीले आपत्ति जनाएको छ । पार्टीका नेता नारायणमान बिजुक्छेले ओली सरकारको योजनालाई तुहाइदिने रणनीति बनाउन खोजेको पाइएको छ । भक्तपुरका स्थानीय नेता तथा जनप्रतिनिधिले भाइरस प्रभावित क्षेत्रबाट आउने नेपालीलाई आफ्नो क्षेत्रमा नराख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दबाब दिएका छन् । भक्तपुरको नार्गाजुन नगरपालिकाले आफ्नो क्षेत्रमा चीनबाट आएका नेपालीलाई नराख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र नै पठाएका छन् । पार्टी नेता बिजुक्छेले चीनबाट ल्याइएका नेपालीलाई नागार्जुनमा नराख्न मन्त्रालयमा फोन नै गरेको स्रोतले जनाएको छ । नगरपालिका र स्थानीय नेताले ओली सरकारको योजनामा विरोध जनाउन थालेपछि मन्त्रालयमा तनाव उत्पन्न भएको छ । नागार्जुन नगरपालिकाको बैठक नै बसेर ओली सरकारको योजनाको विरोध गरेको छ । चीनबाट सुरू भएको कोरोना भाइरसको त्रास विश्वभर फैलिएको छ । विश्व स्वास्थ्य संगठनको स्वास्थ्य आपतकाल नै घोषणा गरेको छ । चीनमा रहेका नेपालीले उद्धारका लागि धेरै दिनदेखि हारगुहार गर्दा पनि सरकारले केही गर्न सकेको छैन । ओली सरकारले भीडभाड हुने भक्तपुर क्षेत्रमा चीनबाट ल्याइएका नेपालीलाई राख्ने भएपछि सर्वसाधारणले समेत विरोध गरेका छन् । ओली सरकारले चाँगुनारायण नगरपालिकाको खरिपाटीमा क्वारेन्टराइन राख्ने निर्णय गरेको छ । चीनबाट ल्याइएका नेपालीलाई घना मानव वस्ती नभएको ठाउँमा काठमाडौं उपत्यका बाहिर राख्नुपर्ने सुझाव मजदूर किसान पार्टीको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २६ २०७६०१:४३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend