आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केपी ओलीको स्वास्थ्यमा फेरि समस्या ! बैठक स्थगित, कार्यक्रममा अनुपस्थित

केपी ओलीको स्वास्थ्यमा फेरि समस्या ! बैठक स्थगित, कार्यक्रममा अनुपस्थित

  • आइतवार, माघ २६ २०७६

  • 4.4K
    SHARES

  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा फेरि समस्या देखिएको छ । मृर्गाैलाको खराबीका कारण पटक–पटक बिरामी हुँदै आएका प्रधानमन्त्री ओली आईतबार फेरि बिरामी भएका हुन् । प्रधानमन्त्री ओली बिरामी भएपछि आईतबार बस्ने तय भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ । पार्टी एकता टुंग्याउन आईतबार बिहान बालुवाटारमा सचिवालय बैठक बोलाइएको थियो । नेकपा महासचिव विष्णु पौडेलले बैठक स्थगित भएको बताउँदै प्रधानमन्त्री ओलीले आराम गर्नुपर्ने भएको बताए । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि पूर्वनिर्धारित कार्यक्रममा समेत सहभागी भएका छैनन् । काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सरकारले आयोजना गरेको ‘सगरमाथा संवाद’ कार्यक्रममा ओली सहभागी हुन सकेनन् । कार्यक्रमलाई सरकारले ठूलो महत्वका साथ लिएपनि अन्तिम समयमा प्रधानमन्त्री कार्यक्रममा सहभागी हुन नसक्ने भएका हुन् । प्रधानमन्त्री ओली अनुपस्थित हुँदा कार्यक्रमको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २६ २०७६०५:१५:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend