आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

टेलिकम कम्पनीलाई दिइने लाइसेन्सबारे सञ्चारमन्त्रीलाई नै ज्ञान नहुनु दुःखद : चौधरी

टेलिकम कम्पनीलाई दिइने लाइसेन्सबारे सञ्चारमन्त्रीलाई नै ज्ञान नहुनु दुःखद : चौधरी

  • शुक्रवार, माघ २४ २०७६

  • 5.3K
    SHARES

  • काठमाडौं– नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले संञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कानुन नै थाहा नभएको आरोप लगाएका छन्। उनले टेलिकम कम्पनीलाई दिइने लाइसेन्सबारे सञ्चारमन्त्रीलाई नै ज्ञान नहुनु दुःखद भएको बताएका हुन्। टेलिकम कम्पनजीले तिर्ने किस्ता चुक्ता गर्न राज्यले निर्धारण गरेको नवीकरण शुल्कबारे सञ्चारमन्त्रीलाई जानकारी नहुनु दुःखद् भएको चौधरीको भनाइ छ । बास्कोटाले बिहीबार सिजी टेलिकमले २० अर्ब रुपैयाँ तिरे मात्रै आधारभूत टेलिफोन सेवाको लाइसेन्स दिने बताएका थिए । त्यसको जवाफमा चौधरीले शुक्रबार ट्वीटमा भनेका छन्, ‘मन्त्रीज्यूको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । २० अर्ब रकम १० वर्षमा फरक किस्तामा चुक्ता गर्न राज्यले निर्धारण गरेको नवीकरण शुल्क हो भन्ने ज्ञान उहाँलाई नहुनु दुःखद छ ।’ उनले सबै भ्रम उपर सार्वजनिक छलफल गर्न सीजी कम्युनिकेसन उत्सुक रहेको पनि उल्लेख गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २४ २०७६१२:०१:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend