आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

डा. प्रकाशशरण महतको आह्वान - अब कम्युनिस्ट निरंकुशताविरुद्ध लड्नुपर्‍यो !

डा. प्रकाशशरण महतको आह्वान - अब कम्युनिस्ट निरंकुशताविरुद्ध लड्नुपर्‍यो !

  • शनिवार, माघ १८ २०७६

  • 5.3K
    SHARES

  • नुवाकोट – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाली जनताको स्वतन्त्रता खोस्ने दुस्साहस गरिरहेको आरोप लगाउँदै नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले खुला चेतावनी दिएका छन् । नुवाकोट जिल्लाको त्रिशुलीमा जारी नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका डा. महतले विकास निर्माणमा ध्यान दिनुको सट्टा नागरिकको स्वतन्त्रता खोस्ने दुस्साहस नगर्न ओली सरकारलाई चेतावनी दिएका हुन् । डा. महतले बहुमत प्राप्त सरकार नागरिकप्रति उत्तरदायी हुनुपर्नेमा निषेधको बाटोतर्फ लागेकाले कम्युनिस्ट निंकुशताविरुद्ध लड्न नागरिकलाई आह्वान गरेका छन् । ‘अहिले निर्वाचित भएर पनि जनताको आकांक्षाअनुसार काम गर्ने प्रवृत्ति सरकारको छैन,’ डा. महतले भने, ‘निषेध र नियन्त्रणमा कम्युनिस्टहरू विश्वास गर्नुहुन्छ । थिचोमिचो गर्नुपर्छ । यिनीहरू बुझ्दैनन्, जान्दैनन् । कुरा गर्ने हो, काम गर्नुपर्दैन भन्ने प्रवृत्ति देखिएको छ । संस्थागत भ्रष्टाचार बढ्दो छ । त्यसका खिलाप तपाईंहरू तयार भएर बस्नुहोला ।’ कार्यक्रममा नेता महतले राष्ट्रियता र राष्ट्रवादको ठूलो नारा लगाउनेहरू नै देशको सीमा, सुरक्षा र अखण्डतामा प्रश्न उठ्दा चुप लागेर बस्दा कम्युनिस्टहरू नाङ्गिएको खुलासा गरे । ‘यस्तो प्रवृत्ति बढेको छ । पुलिस प्रशासनले बदमासी गर्दा, उपभोक्ता समितिको नाममा बजेट दुरुपयोग हुँदा नागरिक चुप लागेर बसेमा हिजो जुन अवस्था थियो । त्यही अवस्थामा पुगिन्छ । तपाईंहरू सचेत बन्नुहोला,’ उनले भने, ‘नेपालमा चीनसँग जोड्ने रेलवेको कुरा गर्नेहरूले त्रिशुलीबाट रसुवागढी हुँदै काठमाडौंमा जोड्ने झोर–छहारे बाटोको मर्मत समेत गरेका छैनन् । यहाँ ठूलाठूला कुरा हुन्छन्, आकाश–पातालको कुरा हुन्छ । पानीजहाजको कुरा हुन्छ, रेलवेको कुरा हुन्छ । तर जनताको आधारभूत आवश्यकता समेत पूरा हुँदैनन् ।’ कम्युनिस्ट सरकारले भाषण र कुरा ठूल्ठूला गरेर काम केही गर्न नसक्ने कुरा जनताले विगत दुई वर्षमा थाहा पाइसकेको नेता महतले बताए । नुवाकोट जिल्लाका जनताका समस्यालाई कम्युनिस्ट सरकारले पूरै बेवास्ता गरेकाले जनता जागरुक बन्नुपर्ने नेता महतले बताए । नुवाकोटलाई समृद्ध बनाउन कम्युनिस्ट सरकार बाधक बनेको उनको आरोप छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ १८ २०७६०४:००:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend