आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली–प्रचण्डको टाउकोमा आगो सल्काइदिने कुरा चलेपछि ...

ओली–प्रचण्डको टाउकोमा आगो सल्काइदिने कुरा चलेपछि ...

  • शनिवार, माघ १८ २०७६

  • 5.5K
    SHARES

  • काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताको टाउकोमा आगो सल्काइदिनुपर्ने कुरा चलेको छ । विभिन्न समूहमा विभाजित भएर छलफल गरेका केन्द्रीय सदस्यमध्ये आफ्नो समूहको रिपोर्टिङ सुनाउँदै केन्द्रीय सदस्य हिमाल शर्माले शीर्ष नेताको टाउकोमा आगो सल्काउनुपर्ने बताएका छन् । शनिबार बैठकमा समूह रिपोर्टिङ राख्दै १५ नम्बर समूहका नेता शर्माले कम्युनिस्ट पार्टी र सरकारमा मौलाएको भ्रष्टाचार र गुटबन्दी सचिवालयमा रहेका शीर्ष ९ जना नेताबाटै भइरहेकाले त्यसलाई नष्ट गर्न टाउकोमा आगो सल्काउनुपर्ने अनौठो माग राखे । नेकपा बैठकमा पार्टीभित्र विकृति बढेको भनेर खुलेरै चिन्ता व्यक्त भइरहेका बेला नेता शर्मामा टाउकोमा आगो सल्काउने कुरा गरेका हुन् । पार्टीका नेता नै व्यापार व्यवसायमा लागेकाले झन् विकृति बढेको बताउँदै नेता शर्माले त्यसको अन्त्य गर्न कार्यविधि बनाउनुपर्ने माग समेत गरे । नेकपा बैठकमा समूहगत छलफलको रिपोर्टिङ सुनाउने क्रम शनिबार सकिएको छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा महासचिव विष्णु पौडेलले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गरेपछि समूह विभाजन गरेर छलफल गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ १८ २०७६०१:३६:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend