आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पहिलो पटक ठुलो राशिको काँठे लोक दोहोरी प्रतियोगिता सहितको महोत्सव काठमाडौंमा

पहिलो पटक ठुलो राशिको काँठे लोक दोहोरी प्रतियोगिता सहितको महोत्सव काठमाडौंमा

  • शनिवार, माघ १८ २०७६

  • 7.9K
    SHARES

  • काठमाडौँ- 'काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान ।' भन्ने मुल नाराका साथ काठमाडौंमा हुन गैरहेको प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव २०७६ को पहिलो चरण काम सम्पन्न भएको जानकारी आयोजकले दिएको छ । महोत्सव अन्तर्गतको आर्कषणको पाटो मानिएको काँठे लोक दोहोरी प्रतियोगीताको पुरस्कार सहितको घोषणा गरिएको महोत्सव कार्यक्रम संयोजक नवराज ढुंगानाले बताए । उनका अनुसार प्रतियोगीतमा विजेता हुनेले नगद रु ३ लाख राशि पुरस्कार प्राप्त गर्ने छन् । त्यसैगरी द्धितियले रु २ लाख, तृतिय ले रु १ लाख र सान्तवना रु. ५० हजार र अन्य पुरस्कार रहने छ । देश भित्र तथा बाहिर कुनै पनि ठाउँमा रहेकाले यो प्रतियोगीतामा भाग लिन पाउने छन् । काठमाडौं आशपासका तत्कालिन २१ जिल्लालाई काँठ क्षेत्रका जिल्ला भनि चिन्न थालियो । त्यस भित्र लुकेर रहेका परिचयात्मक, ऐतिहाँसिक, साँस्कृतिक विधिन्न धरोहर छन् । ति विविध मध्ये एक हो काँठे लोक गीत, संगीत, जसमा मेलापात जाँदा घाँसे गीत, सेलो, खैजेडि भजन, झाँक्रि, मारुनी, चुट्का, ठट्यौली, ठाडि, झाँकि, धिमे लगाएतका साँगीतिक र साँस्कृतिक परिचय बोकेको काँठ क्षेत्र थप व्यापकता प्रदान गर्न यो महोत्सवले महत्वपुर्ण भुमिका निर्वाह गर्ने कार्यक्रम परिकल्पनाकार लोक दोहोरी गायक तथा सर्जक माधव थापाले जानकारी दिए । ५ दिनको कार्यक्रम तालिकामा पहिलो दिन उदघाट्न सत्रमा काँठ क्षेत्र आसपासका २१ जिल्लाको पहिचान बोकेको साँस्कृतिक झाँकी सहितको र्याली बाट शुरु गरि राष्ट्रिय स्तरका विभिन्न कलाकारहरुको प्रस्तृति सहित प्रतियोगिता सञ्चालन गर्ने जानकारी कार्यक्रमका जिल्ला समन्वय संयोजक रुद्र के.सी. ले जानकारी दिए । प्रथम चरण को सम्पुर्ण कार्य सम्पन्न भई स्टल बुकिङ खुल्ला गरिएको मञ्च संयोजक दिपक यात्रि आचार्यले जानकारी दिए । १ सय ५० वटा स्टलको व्यवस्था गरिएको उनले बताए । महोत्सवमा आउने दर्शक, कलाकार, स्टल लगाएतको सुरक्षा तथा उचित बन्दोबस्तिको लागि आवश्यक तयारी योजनाबद्ध बनाईएको व्यवस्थापक श्रवण कुमार मिश्रले जानकारी दिए । भिजिट नेपाल २०२० लाई सफल पार्न सहयोग पुर्याउने तथा काँठ क्षेत्रका गीत संगीतलाई संरक्षण तथा प्रर्वद्धन गर्ने उद्धेश्यले आउँदो फाल्गुन १६ गते देखि २० गते सम्म काठमाडौंको टुडिखेलमा महोत्सव आयोजना गर्न लागिएको डिएआर मुभिजले जनाएको छ । कार्यक्रममा काँठे क्षेत्रको लोक गीत संगीतमा योगदान पुराएका श्रष्टलाई विविध सम्मान गरिने भएको छ । जसमा पहिलो काँठे लोक गाएक गायीका – २ जना, सर्वाधिक काँठे गीत रेर्कड गराएको श्रष्टा – २ जना, सर्वाधिक लोकप्रिय काँठे लोक गीत गायक÷गायीका – २/२ जना, पुराना सर्जक कुमार बस्नेत, जयनन्द लामा, मच्छेश्वर सापकोटा, तिर्थ कुमार थापा, मिरा थापा, मिरा राणा, धुव्रराज खड्का, र शिवनारायण जोशिलाई सम्मान गरिने भएको छ । दिवंगत श्रष्टा सम्मान अन्तर्गत बुद्दिकृष्ण लामिछाने, कृष्ण विक्रम थापा, भगवती दंगाल र लाल बहादुर खातिलाई प्रदान गर्ने कार्यक्रम रहेको छ । मेलापातमा झुन्डिएका तर डिजिटल बजारमा व्यवसायीक रुपमा अगाडि आउन नसेकेका नयाँ तथा पुराना भाका, गीत, संगीत जस्तै अन्य साँस्कृतिक परिचय बोकेका अभिन्न अङ्ग जो आज सम्रग लोक सांगीतीक क्षेत्रले विर्सिएको छ, त्यसलाई विश्व सामु उजागर गराउने, नेपाल सरकारको योजना पर्यटन भ्रमण वर्ष २०२० को पर्वद्धन गर्ने, काँठ क्षेत्रमा रहेको एतिहाँसिक, पुरातात्विक, सांस्कृतिक, खाना, बाध्यवादन, भेषभुषा, रहनसहन, हस्तकला लगाएतको प्रवद्धन गर्ने, पुराना तथा नयाँ श्रष्टा एकै स्थानमा राखी सम्मान तथा पुस्ता हस्तान्तरण प्रोत्साहन गर्ने तथा ति कुरालाई विश्व सामु उजागर गराउने उद्देश्य सहित प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव २०७६ आयोजना गर्न लागिएको संरक्षक तथा डिएआर मुभिज एण्ड फिल्म ईन्डिस्ट्रिज प्रा.लि.का प्रभावनजेले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ १८ २०७६०६:२६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend